आर्थिक सुधारका लागि आयोग नै गठन गरेर काम गर्छौँ : अर्थमन्त्री  « Khabarhub

आर्थिक सुधारका लागि आयोग नै गठन गरेर काम गर्छौँ : अर्थमन्त्री 


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले नेपालको आर्थिक सुधारका लागि आयोग नै गठन गरेर कम गर्ने  बताएका छन् । 

बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । धेरै तथ्य निरीक्षण गरेर, धेरै कुरा अनुसन्धान गरेर मात्र बजेट प्रस्तुत गरेको उनको दाबी छ । 

पुनले निजी क्षेत्रसँग मिलेर बन्द भएका विभिन्न उद्योग पनि सञ्चालन गर्ने बताए । देशमै विकल्प हुँदाहुँदै पनि बाहिर जाने जनशक्ति र प्रविधिलाई रोक्न आशा जगाउने काम गरिरहेको उनले बताएका छन् । 

अहिले नेपालमा नयाँ चरणको सुधार आवश्यक भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान गएको उनले बताएका छन् । चालु वर्षको बजेटमा सबै प्रक्षेपणहरू नमिलेकाले त्यसलाई मिलाएर र लक्ष्यपरक बनाउने उनले प्रतिबद्धता जनाएका छन् । 

अहिलेको बजेटले प्रदेशहरूलाई प्रतिस्पर्धात्मक ढंगले अगाडि बढाउने लक्ष्य रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  २ : १२ बजे

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको