आर्थिक सुधारका लागि आयोग नै गठन गरेर काम गर्छौँ : अर्थमन्त्री  « Khabarhub

आर्थिक सुधारका लागि आयोग नै गठन गरेर काम गर्छौँ : अर्थमन्त्री 


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले नेपालको आर्थिक सुधारका लागि आयोग नै गठन गरेर कम गर्ने  बताएका छन् । 

बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । धेरै तथ्य निरीक्षण गरेर, धेरै कुरा अनुसन्धान गरेर मात्र बजेट प्रस्तुत गरेको उनको दाबी छ । 

पुनले निजी क्षेत्रसँग मिलेर बन्द भएका विभिन्न उद्योग पनि सञ्चालन गर्ने बताए । देशमै विकल्प हुँदाहुँदै पनि बाहिर जाने जनशक्ति र प्रविधिलाई रोक्न आशा जगाउने काम गरिरहेको उनले बताएका छन् । 

अहिले नेपालमा नयाँ चरणको सुधार आवश्यक भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान गएको उनले बताएका छन् । चालु वर्षको बजेटमा सबै प्रक्षेपणहरू नमिलेकाले त्यसलाई मिलाएर र लक्ष्यपरक बनाउने उनले प्रतिबद्धता जनाएका छन् । 

अहिलेको बजेटले प्रदेशहरूलाई प्रतिस्पर्धात्मक ढंगले अगाडि बढाउने लक्ष्य रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  २ : १२ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन