विद्युतीय गाडीको करबारे अर्थको जवाफ : आर्थिक विचलन देखिएपछि बढाउनु पर्‍यो | Khabarhub Khabarhub

विद्युतीय गाडीको करबारे अर्थको जवाफ : आर्थिक विचलन देखिएपछि बढाउनु पर्‍यो


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विद्युतीय गाडीमा लगाइएको करमा विचलन देखिएपछि बढाउन बाध्य भएको जवाफ दिएको छ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियाका क्रममा राजस्व सचिव रामप्रसाद घिमिरले धेरै विचलन देखिएकाले विद्युतीय गाडीको कर बढाउनुपरेको जजाफ दिए ।

आर्थिक वर्ष २०८१/८२ को बजेटबारे आयोजित अन्तरक्रियाका क्रममा घिमिरेले सुरुमा उत्साहित भएर घटाए पनि हेरफेर गर्न बाध्य हुनुपरेको उल्लेख गरे ।

‘ईभीमा कर विचलन नै देखियो, त्यसैले बढायौं । सुरूमा उत्साही भएर घटायौँ । बीचमा हेर्नु पर्ने नै थियो’, उनले भने, ‘राज्यले ईभीलाई दिएको प्राथमिकतामा तलमाथि हुँदैन । कर विचलन मात्रै नियन्त्रण गर्न खोजेका हौं ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  २ : ३६ बजे

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा