जब अर्थमन्त्रीलाई पत्रकारले सोधे : जनार्दन शर्मा र तपाईंबीच जुँगाको लडाइँ हो ? « Khabarhub

जब अर्थमन्त्रीलाई पत्रकारले सोधे : जनार्दन शर्मा र तपाईंबीच जुँगाको लडाइँ हो ?


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन् वर्षमान पुन र जनार्दन शर्मा। उनीहरू छिमेकी जिल्लाका पनि नेता हुन् ।

स्पञ्ज आइरनसहित बजेटका कयौँ मामिलामा उनीहरूबीच मत बाझिएको समाचार आइरहन्छ ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनलाई पूर्वअर्थमन्त्री जनार्दन शर्मासँगको सम्बन्धबारे पत्रकारले प्रश्न गरे।

पूर्वअर्थमन्त्री शर्मासँग केही नीतिगत मत बाझिएको विषयमा उनलाई जिज्ञासा राखिएको थियो ।

बजेटबारे धारणा राख्ने क्रममा पुनलाई पत्रकारहरूले केही प्रश्न गरे । तीमध्ये एउटा प्रश्न थियो, पूर्वअर्थमन्त्री जनार्दन शर्मासँगको सम्बन्धबारेमा ।

पत्रकारले सोधे- जनार्दन शर्मासँग तपाईंको जुँगाको लडाइँ हो ? उनले पनि ठट्यौली शैलीमा जवाफ दिए- मेरो त जुँगा नै छैन ।

शर्मा अर्थमन्त्री हुँदा स्पञ्ज आइरन लगायतमा करको दर र बजेटलाई लिएर मतभेद थियो । तर जनार्दनसँग कुनै समस्या नरहेको जवाफ वर्षमानले दिए ।

अर्थमन्त्री पुनले स्पञ्ज आइरनमा पहिले धेरै विचलन आएकाले भन्सार दर पुनरावलोकन गरिएको बताए । ‘यसलाई ठीक गर्न भन्सारदर पुनरावलोकन गरिएको हो’, उनले भने,‘कोही मन्त्री या कर्मचारीले कुनै उद्योग या उद्योगीको अनुहार हेरेर निर्णय गर्न मिल्दैन ।’

कोही मन्त्री भनेर उनले यसअघिका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरतिर कटाक्ष गरे । ‘हामीले व्यक्तिविशेष या उद्योग विशेषभन्दा पनि नीति हेर्ने हो’, उनले भने, ‘स्क्य्राप -१ स्पञ्ज- २.५ बिलेट-५ सहित तीन स्ल्याबमा कर निर्धारण गरिएको हो । सबै उद्योग प्रतिष्पर्धी हुन्छन् भन्ने हाम्रो मान्यता हो ।’

क्षमायाचना : यसअघि यही समाचारमा भूलवश असम्बन्धित व्यक्तिको प्रसंग र तस्बिर प्रयोग भएकाले सच्याएका छौँ। -सम्पादक

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ३ : ०७ बजे

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले

चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका

चीन–अमेरिका व्यापार तनावमा नरमी, पारस्परिक महसुल कटौतीतर्फ सहमति

बेइजिङ– चीन र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार तनाव कम

प्रतिनिधिसभा : विपद्, सुकुम्वासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद्

एमाले सांसदको गुनासो : रास्वपाका सांसदले हेपे, सभामुखले पनि विभेद गरे

काठमाडौं- नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले पुराना