बजेटपछि ओरालो लाग्यो नेप्से, २३.८१ अंकले घट्यो  « Khabarhub

बजेटपछि ओरालो लाग्यो नेप्से, २३.८१ अंकले घट्यो 


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटले शेयर बजारमा उत्साह आउन सकेन । मंगलबार संघीय सदनमा अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दा शेयर बजार सुधार गर्ने ठोस कुरा केहीपनि समेटेनन् । 

त्यसको प्रभाव बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समेत देखिएको छ । बजेट भाषण हुने अघिल्लो दिन अर्थात सोमबार नेप्से उच्चतम् २०८६.८३ विन्दुमा पुगेको थियो । सोमबार बजार बन्द हुँदा समेत नेप्से बढेर २१०० को विन्दु भने कायम  रहेको थियो । बजार बन्द हुँदा नेप्से २११३.२४ विन्दु काय गरेको थियो । 

तर, बजेट आएको दोस्रो दिन नेप्से २३.८१ अंकले घटेको छ । आज प्रि ओपन सेसनमा २० अंकले बढेको नेप्से १.१२ प्रतिशतले घटेर २०८९.४२ विन्दु कायम भएको छ ।
आज ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १५९ कित्ता शेयर ६३ हजार ८० पटक किनबेच भएको छ । 

बुधबार ३१४ वटा कम्पनीको शेयर कारोबार हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

आज सेन्सेटिभ इन्डेक्स ४.८२ अंकले, फ्लोट इन्डेक्स २.१७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३६ अंकले घटेको छ । आज समुहमा पनि लगानीकर्ताले धेरै गुमाएका छन् । १३ वटा समूहमध्ये आज सबैभन्दा बढी जीवन बीमा समूहको शेयर घटेको छ । 

जीवन बीमा समूह आज १३४.६४ अंकले घटेको छ । आज सबैभन्दा बढी उत्पादन समूहको शेयर बढेको छ । उत्पादनमा आज १७०.०१ अंकले बढेको छ । 

१३ समूहमा म्युचअल फण्ड बराबर भएको छ भने अन्य ४ समूहको शेयर भने बढेको छ । ८ समूहको शेयर भने घटेको छ । आज युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, माथिल्लो लोहोर खोला जलविद्युत र भगवती हाइड्रोपावर कम्पनीको शेयरमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ३ : १६ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास