कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको हो : उपाध्यक्ष  शाक्य  | Khabarhub Khabarhub

कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको हो : उपाध्यक्ष  शाक्य 


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट पार्टीले नै महिलालाई अगाडि सारेको बताएकी छन् । 

एमाले महिला राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शाक्यले विभिन्न समयमा कम्युनिस्ट पार्टीले महिलाको मुद्दालाई अगाडि ल्याएको स्मरण गरेकी हुन् ।  

उनले भनिन, ‘कम्युनिस्ट पार्टी स्थापनाबाट नै महिलालाई अगाडि बढाएको छ । मोतिदेबिलाई २००६ सालमा नै पार्टी स्थापनामा समेटिएको थियो । त्यहाँबाट नै महिला सहभागी सुरु  भएको छ। ३७ सालमा अपानी ८ मा महिला सहभागिता उल्लेख गरेको छ । ३७ सालमा नै ७ सदस्य अखिल नेपाल महिला संघ स्थापना गरेको छ । ४९ सालमा एमाले पाचौँ महाधिवेशनमा पनि   कमिटीमा पनि महिलाको विषय समेटिएको छ ।’

उनले पैत्रिक सम्पत्तिमा महिलाको हक लाग्ने विषय एमाले उठाएको बताइन् । ४९ सालमा ३३ प्रतिशत महिला सहभागी पुर्‍याउँदै जाने उल्लेख गरेको बताइन् । 

६२ सालमा पार्टी केन्द्रिय कमिटी बैठकमा पनि पार्टीले विभिन्न मुद्दा  अगाडि सारेको र अन्य पार्टीले पनि त्यसलाई अंगीकार गरेको बताइन ।

उनले महिलालाई समानुपातिक हैन प्रत्यक्ष नै सहभागी गराउन नेतृत्व तयार हुनुपर्ने बताइन । यसका लागि एमालेले छलफल चलाउनुपर्ने बताइन् । 

उनले भनिन , ‘राजनीतिक प्रशिक्षणको जरुरी छ । भोलि खुलेर बोल्नुहोला ।’

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ३ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’