जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मोरङ– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै चितवनबाट ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँपालिका-३ बस्ने २१ वर्षीय विवश सापकोटालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

भरतपुर महानगरपालिका-१ स्थित  स्वस्तिका होटल एण्ड लजमा बसेकी ती महिलालाई विवशले कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ३ : ५९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको