आमाको स्वास्थ्य राष्ट्रको स्वास्थ्य हो : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

आमाको स्वास्थ्य राष्ट्रको स्वास्थ्य हो : पूर्वराष्ट्रपति भण्डारी


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आमाको स्वास्थ्य राम्रो भए मात्रै राष्ट्र पनि स्वास्थ्य रहने बताएकी छन् । 

एमालेको पहिलो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै महिलाको स्वास्थ्य राम्रो भएन भने राष्ट्रले दुख पाउने उल्लेख गरिन् । 

उनले भनिन, ‘आमाको स्वास्थ्य राष्ट्रको  स्वास्थ्य हो । जनस्वास्थ्यको समस्या छ ।’ 

यस्तै उनले प्राकृतिक स्रोतको पनि व्यवस्थापन गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘पवित्र नदिको पानी पिउन र सिँचाइ गर्न पाउनुपर्छ यसबारे कुरा उठाउनुहोस् म साथ दिन्छु’ । 

उनले महिलाका समग्र क्षेत्रमा न्यायका लागि बोल्नुपर्ने र दिगो विकासको लागि पनि महिलाले एजेन्डा बनाउनुपर्ने बताइन् । 

उनले भनिन, ‘महिला अधिकार कार्यनयनमा राष्ट्रिय चुनौती छ । सचेतनाको कार्य गर्दा महिला पुरुष दुवैलाई समेट्नुपर्छ ।  महिला नेताको सहभागी रहेको यो कार्यक्रममा महत्त्वपूर्ण तहमा पुग्न अग्रसर हुनुपर्छ । सामाजिक न्याय सहितको कान्ति अगाडि बढाउनुपर्छ ।’

उनले युवा जनशक्तिको परिचालन गर्नुपर्ने समेत बताइन । कृषिलाई आधुनिकीकरणसँग जोड्नुपर्नेमा जोड दिएकी छन् ।

उनले भनिन्, ‘महिला सम्पूर्ण आकाश हुन । आधा आकाश होइन । बालबालिकालाई भासा संस्कृतिलाई अब्बल बनाउन र विदेश पलायन रोक्न महिलाले काम गर्नुपर्छ । प्रजनन स्वास्थ्यको बारेमा पनि शिक्षा दिनुपर्छ । ‘

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ५ : ३९ बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले