देउवा निवासमा प्रतिपक्षीको बैठक : मेटमणिसहित माधव नेपाल पनि सहभागी भए « Khabarhub

देउवा निवासमा प्रतिपक्षीको बैठक : मेटमणिसहित माधव नेपाल पनि सहभागी भए


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलका नेताहरूसँग बैठक गरेका छन् ।

बूढानीलकण्ठमा भएको प्रतिपक्षी दलहरूको बैठकमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् । उनी सांसद मेटमणि चौधरीलाई लिएर बूढानीलकण्ठ पुगेका थिए ।

बूढानीलकण्ठमा भएको प्रतिपक्षी दलहरूको बैठकबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १० मिनेट अगाडि निस्किए ।

त्यसपछि लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नेकपा एसका अध्यक्ष नेपाल एकसाथ बूढानीलकण्ठबाट बाहिरिएका छन् ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट संसद्‍मा पेश भइसकेको अवस्थामा देउवाले प्रतिपक्षी दल नेताहरूलाई बोलाएका थिए ।

देउवा निवासमा भएको प्रतिपक्षी दलको बैठकमा भएको कुराकानीबारे दुवै पक्षले केही खुलाएका छैनन् । बूढानीलकण्ठ वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेश सरकार गठनबारे छलफल भएको बताइएको छ ।

पछिल्लो समय माधव नेपाल सत्ता समीकरणसँग असन्तुष्ट रहेका विवरण आइरहेका छन् । यस्तोमा देउवासँग प्रतिपक्षी नेताहरूसहित नेपाल पनि सहभागी हुनुलाई अर्थपूर्ण भनिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ६ : ३३ बजे

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले

चीन र अल्जेरियाबीच अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट एक अर्ब

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा