देउवा निवासमा प्रतिपक्षीको बैठक : मेटमणिसहित माधव नेपाल पनि सहभागी भए « Khabarhub

देउवा निवासमा प्रतिपक्षीको बैठक : मेटमणिसहित माधव नेपाल पनि सहभागी भए


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलका नेताहरूसँग बैठक गरेका छन् ।

बूढानीलकण्ठमा भएको प्रतिपक्षी दलहरूको बैठकमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् । उनी सांसद मेटमणि चौधरीलाई लिएर बूढानीलकण्ठ पुगेका थिए ।

बूढानीलकण्ठमा भएको प्रतिपक्षी दलहरूको बैठकबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १० मिनेट अगाडि निस्किए ।

त्यसपछि लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नेकपा एसका अध्यक्ष नेपाल एकसाथ बूढानीलकण्ठबाट बाहिरिएका छन् ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट संसद्‍मा पेश भइसकेको अवस्थामा देउवाले प्रतिपक्षी दल नेताहरूलाई बोलाएका थिए ।

देउवा निवासमा भएको प्रतिपक्षी दलको बैठकमा भएको कुराकानीबारे दुवै पक्षले केही खुलाएका छैनन् । बूढानीलकण्ठ वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेश सरकार गठनबारे छलफल भएको बताइएको छ ।

पछिल्लो समय माधव नेपाल सत्ता समीकरणसँग असन्तुष्ट रहेका विवरण आइरहेका छन् । यस्तोमा देउवासँग प्रतिपक्षी नेताहरूसहित नेपाल पनि सहभागी हुनुलाई अर्थपूर्ण भनिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ६ : ३३ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका