दक्षिण कोरिया र युएईबीच व्यापार सम्झौतामा हस्ताक्षर « Khabarhub

दक्षिण कोरिया र युएईबीच व्यापार सम्झौतामा हस्ताक्षर


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) ले बुधबार एक व्यापक आर्थिक साझेदारी सम्झौता (सिइपिए) मा हस्ताक्षर गरेका छन् ।

 दक्षिण कोरियाको अरब देशसँगको यो पहिलो स्वतन्त्र व्यापार सम्झौता हो । 

दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योल र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले सियोलमा आयोजित शिखर वार्तापछि व्यापार उदारीकरण र लगानी विस्तारजस्ता क्षेत्रहरूमा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ पार्न यो सम्झौता गरिएको हो । 

संयुक्त अरब इमिरेट्स दक्षिण कोरियासँग स्वतन्त्र व्यापार सम्झौतामा पुग्ने पहिलो अरब राष्ट्र हो । संयुक्त अरब इमिरेट्सको सार्वभौम सम्पत्ति कोषले पनि दक्षिण कोरियामा ३० अर्ब डलर लगानी गर्ने आफ्नो प्रतिबद्धता पुन स् पुष्टि गरेको छ ।

दुवै पक्षले जलवायु परिवर्तन, ऊर्जा, पूर्वाधार, आणविक ऊर्जा, बौद्धिक सम्पत्ति, रक्षा र अन्य प्रविधिमा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

मोहम्मद दक्षिण कोरियाको राजकीय भ्रमण गर्ने युएईको पहिलो राष्ट्रपति हुन् । उनी  दुई दिने राजकीय भ्रमणका लागि मंगलबार यहाँ आइपुगेका हुन् ।  

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ६ : ३७ बजे

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ :  मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ