दक्षिण कोरिया र युएईबीच व्यापार सम्झौतामा हस्ताक्षर « Khabarhub

दक्षिण कोरिया र युएईबीच व्यापार सम्झौतामा हस्ताक्षर


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) ले बुधबार एक व्यापक आर्थिक साझेदारी सम्झौता (सिइपिए) मा हस्ताक्षर गरेका छन् ।

 दक्षिण कोरियाको अरब देशसँगको यो पहिलो स्वतन्त्र व्यापार सम्झौता हो । 

दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योल र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले सियोलमा आयोजित शिखर वार्तापछि व्यापार उदारीकरण र लगानी विस्तारजस्ता क्षेत्रहरूमा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ पार्न यो सम्झौता गरिएको हो । 

संयुक्त अरब इमिरेट्स दक्षिण कोरियासँग स्वतन्त्र व्यापार सम्झौतामा पुग्ने पहिलो अरब राष्ट्र हो । संयुक्त अरब इमिरेट्सको सार्वभौम सम्पत्ति कोषले पनि दक्षिण कोरियामा ३० अर्ब डलर लगानी गर्ने आफ्नो प्रतिबद्धता पुन स् पुष्टि गरेको छ ।

दुवै पक्षले जलवायु परिवर्तन, ऊर्जा, पूर्वाधार, आणविक ऊर्जा, बौद्धिक सम्पत्ति, रक्षा र अन्य प्रविधिमा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

मोहम्मद दक्षिण कोरियाको राजकीय भ्रमण गर्ने युएईको पहिलो राष्ट्रपति हुन् । उनी  दुई दिने राजकीय भ्रमणका लागि मंगलबार यहाँ आइपुगेका हुन् ।  

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ६ : ३७ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट