भारत र बंगलादेशमा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो « Khabarhub

भारत र बंगलादेशमा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.4k
Shares
  • change font
  • change font
  • change font

कलकत्ता– बंगलादेश र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ ।

 बुधबार दुबै देशका  स्थानीय अधिकारीहरू र सञ्चारमाध्यमका अनुसार चक्रवातमा परी ६५ जनाको मृत्यु भएको हो । 

आइतबार साँझ भीषण वर्षा र आँधीबेहरीसहित आएको चक्रवात रेमलले बिस्तारै भित्री भागमा सर्दै बाढीपहिरो निम्त्याएको हो ।

बंगलादेश मौसम विज्ञान विभागका निर्देशक अजिजुर रहमानले चक्रवात र भारी बर्षाको कारण जलवायु परिवर्तनको असर भएको र यो ‘देशको इतिहासमा सबैभन्दा लामोमध्ये एक’ भएको बताए ।

 विपद् व्यवस्थापन कार्यालय र प्रहरीका अनुसार चक्रवातको चपेटामा परेको बंगलादेशमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । कसैको डुबेर र कसैको भग्नावशेष, रूखहरू खस्दा वा बिजुलीका तारहरू खस्दा बिजुलीको झटकाका कारण मृत्यु भएको थियो । 

भारतमा एक्काईस जनाको मृत्यु भएको अघिल्लो सङ्ख्या अद्यावधिक गर्दै ४७ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । उत्तरपूर्वी मिजोरम राज्यमा चक्रवातमा परी अधिकांश अठ्ठाइस जनाको मृत्यु भएको थियो जसमध्ये मंगलबार आएको आँधीका कारण परेको खानीमा पुरिएर १४ जना कामदारको ज्यान गएको मिजोराम सरकारले एक विज्ञप्तिमा जानकारी गराएको हो ।

पश्चिम बंगाल राज्यमा दश जनाको मृत्यु भएको वरिष्ठ सरकारी अधिकारी सुमित गुप्ताले बुधबार बताए । हिन्दुस्तान टाइम्सले उद्धृत गरेको रिपोर्टअनुसार असम, नागाल्यान्ड र मेघालय राज्यमा कम्तीमा १० जनाको मृत्यु भएको छ । 

चक्रवातले प्रत्येक वर्ष बंगलादेश र भारतमा ठूलो क्षति पुर्‍याउने गरेको छ ।  वैज्ञानिकहरूले जलवायु परिवर्तनले थप आँधीबेहरीलाई बढावा दिइरहेको बताएका छन् । 

यद्यपि, राम्रो पूर्वानुमान र प्रभावकारी निकासी योजनाले मृत्युको सङ्ख्या भने कम देखिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ७ : ०६ बजे

काठमाडौं उपत्यकामा बढ्यो चिसाे (तस्बिरहरू) 

काठमाडौं– पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी

पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल 

काठमाडौं – नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय

पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको

एमाले महाधिवेशन : दिउँसो चार बजेपछि विद्युतीय मतदान, कहिले आउँछ परिणाम ?

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान