पत्रकारसँगको दोहोरीले विवादमा तानिए चिनियाँ राजदूत सङ « Khabarhub

पत्रकारसँगको दोहोरीले विवादमा तानिए चिनियाँ राजदूत सङ


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


16.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सङ कूटनीतिक क्षेत्रमा कडा मिजासका मानिन्छन् ।

आफ्नो पक्षको कुरा प्रष्टसँग राख्ने स्वभावका उनी मंगलबारदेखि एउटा विवादमा तानिएका छन् ।

एकजना पत्रकार गजेन्द्र बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि चीनले २ प्रतिशतमा नभई ५ प्रतिशतको ब्याजको दरले दिएको भन्दै सामाजिक सञ्जाल एक्समा एउटा विवरण राखेपछि राजदूत सङ रिसाएका हुन् ।

उनले चिनियाँ दूतावासले प्रयोग गर्ने ट्विटर ह्यान्डलबाटै पत्रकार बुढाथोकीलाई चीनले ५ प्रतिशत ब्याज लिएको पुष्टि गर्न चुनौती दिएपछि अवस्था गर्मागरम भएको हो ।

पत्रकार बुढाथोकीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘पोखरा विमानस्थलका लागि लिइएको ऋण २ प्रतिशत व्याजदरको भन्दै आएका थिए । तर ५ प्रतिशत पो रहेछ ।’

यही विवरणबारे राजदूत सङले एक्समै बुढाथोकीलाई मेन्सन गरेर जवाफ मागेका हुन् । ‘यदि तिमीसँग दस्तावेज छ भने सार्वजनिक गर । नभए प्रमाण देखाऊ । यो कस्तो खालको नियत हो ? पहिला झुट फैलाउनुस्, त्यसपछि तरंग कम हुन पर्खनुस् अनि फेरि फैलाउनु ।’

राजदूत सङले जवाफ मागेपछि पत्रकार बुढाथोकीले पनि आफूलाई धम्की दिएको उल्लेख गरेका छन् । ‘मलाई नधम्क्याउनुस्, आफनो दायरा बुझ्नुस्, मसँग सरकारको प्रमाण नै छ ।’

बुढाथोकीले पोखरा विमानस्थल निर्माणमा चीनले ५ प्रतिशत ब्याजमा ऋण दिएको प्रमाण आफूसँग रहेको बताएपछि राजदूत सङले फेरि जवाफ दिँदै माफी माग्न भनेका छन् । ‘तिमीले माफी माग्नु पर्छ’, उनले भनेका छन् ।

पत्रकार बुढाथोकीसँगको दोहोरीका कारण राजदूत सङमाथि अहिले सामाजिक सञ्जालमा आलोचना र प्रश्नको वर्षा भएको छ ।

एजजना लेखक यादव देवकोटाले उक्त विषयमा राजदूत सङमाथि प्रश्न उठाएका छन् । ‘के तपाईंले चिनियाँ राजदूतका रुपमा कुनै पनि देशमा नियोगको प्रमुखका रूपमा नियुक्त हुनुअघि आधारभूत कूटनीतिक तालिम लिनुभएको छ?’, यादवले सङलाई सोधेका छन्, ‘चिनियाँ सरकारले राजदूत नियुक्त गर्नुअघि तपाईंजस्ता मानिसहरूलाई ‘कूटनीतिबारे आधारभूत ज्ञान’उपलब्ध गराउनुपर्‍थ्यो।’

राजदूत सङको उक्त कदमलाई लिएर फ्रीडम फोरमले पनि आपत्ति जनाएको छ । फ्रीडम फोरमले एक्समै लेखेको छ, ‘तपाईंको व्यवहार आपत्तिजनक छ । सामाजिक सञ्जालमा व्यक्तिगत तहमा उत्रिएर गरिएको सवाल-जवाफबाट तपाईंले कूटनीतिक आचार र मर्यादा उलंघ गर्नु भएको छ ।’

सङ र पत्रकार बुढाथोकीबीचको सवाल-जवाफलाई लिएर पूर्वराजदूत तथा पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले राजदूतले व्यक्तिगत रुपमै उत्रिएर माफी माग भन्नु कूटनीतिक आचारणविपरीत भएको बताएका छन् ।

‘सामाजिक सञ्‍जालमा पोस्ट गरिएका विवरणलाई लिएर राजदूतले पत्रकारसँग माफी माग भन्नु अनौठो हो । राजदूतले कूटनीतिक माध्यमबाटै खण्डन गर्न वा सरकारसँग स्पष्टीकरण गर्न सोध्‍न सक्छ’, उनले भनेका छन्, ‘परराष्ट्र मन्त्रालयले यस मामिलामा राजदूतलाई ‘सार्वजनिक कूटनीति’को सीमा र प्रत्यक्ष संलग्नताको जोखिमबारे सम्झाउन जरुरी छ ।’

अर्का पत्रकार अनिल गिरीले एकजना नेपाली पत्रकारलाई सामाजिक सञ्जालमा आपत्तिजनक शैलीमा एउटा देशको राजदूतले थर्काउनु सर्वथा गलत भएको टिप्पणी गरेका छन् ।

लेखकसमेत रहेका जुगल भुर्तेलले यस प्रकरणमा भारततिर पनि इंगित गर्दै कटाक्षसहित भनेका छन्, ‘यसैगरी दक्षिणी वायु चलेको भए काठमाडौंमा कत्रो आँधीहुरी आइसकेको हुन्थ्यो । धन्न ! उत्तरतिरबाट आएकाले शीतल रहेछ ।’

अर्का पत्रकार सञ्‍जीव सत्गैयाले कुनै पनि देशको राजदूतले व्यक्तिगत तहमा झरेर प्रतिक्रिया दिनुलाई अनुचित भनेका छन् ।

‘चिनियाँ राजदूतले बुझ्नु पर्ने कुरा के हो भने नेपाल एक स्वतन्त्र देश हो, जहाँ मानिसहरू आफ्नो विचार राख्न र अभिव्यक्त गर्न स्वतन्त्र छन्। राजदूत पनि केही विचारहरू मन पराउन स्वतन्त्र हुन्छन्, तर यसको मतलब सामाजिक सञ्जालबाट धम्की दिने होइन । राजदूतले यसरी प्रतिक्रिया दिनुपर्ने आवश्यकता छैन ।’

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्सपोर्ट इम्पोर्ट बैंकबाट आरएमबी १ अर्ब ३७ करोड ८७ लाख ऋण लिएको थियो ।

सरकारले उक्त ऋण २ प्रतिशत ब्याजदरमा लिइएको बताइएको थियो । उक्त ऋण मध्ये २ करोड १० लाख रुपैयाँ सावाँ फिर्ता भइसकेको छ । अब १९ अर्ब ३० करोड ४३ लाख रुपैयाँ बाँकी छ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ७ : २५ बजे

इलाम र रूकुम पश्चिममा दुईजना मृत अवस्थामा फेला

काठमाडौं– इलामको सूर्योदय नगरपालिका-१२ स्कुल टोल बस्ने २९ वर्षीया अनिता भगवत

शीतभण्डारमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन प्रदेश सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सम्मरीमाई गाउँपालिका-५ सिद्धनाथमा निर्माणाधीन

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौं– राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको