युवापुस्ताको प्रेममा ‘लन्डन टु पेरिस’ « Khabarhub

युवापुस्ताको प्रेममा ‘लन्डन टु पेरिस’


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित रहेर चलचित्र ‘लन्डन टु पेरिस’ निर्माण गरिएको निर्देशक घनश्याम लामिछानेले बताएका छन् ।

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र विषयमा जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले दर्शकको नजरबाट चलचित्र तयार गरिएको बताए । “यो भ्रमणका क्रममा भेटिने जोडीको प्रेम कथा हो ।

सोहीअनुसार चलचित्र निर्माण गरेका छौँ । यहाँ हुने घटनाक्रम वास्तविकझैँ छन् । यो कथा नै लन्डनदेखि पेरिससम्मको भएकोले त्यस पृष्ठभूमिमा तयार गरेका छौँ”, निर्देशक लामिछानेले भने, “हामीले विदेशी दृश्यलाई छायाङ्कन गर्दा इजाजत लिएर गर्ने गरेका छौँ । यसपटक पहिलेभन्दा अझ धेरै मिहेनत गरेर सबै पक्षलाई समेट्ने प्रयास गरेका छौँ ।”

बेलायतमा छायाङ्कन गरिएको यो चलचित्रमा पनि कुनै सम्झौता नगरेको उनको भनाइ छ । युवा पुस्तालाई प्रेम र यसको महत्व दर्शाउन चलचित्र सफल हुने लेखक प्रदीप भारद्वाजले बताए। उनले भने, “हामीले यसमा अपत्यारिलो लाग्ने दृश्यलाई जानेर नै हटाएका छौँ । चलचित्र कल्पनासँगै वास्तविकतासँग पनि नजिक हुनुपर्छ भन्ने सिद्धान्तमा रहेर यसको पटकथा तयार गरेको हुँ । यसमा अहिले युवापुस्तामा देखिने प्रेम र त्यसको समस्या छ ।”

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कथावस्तुकै कारण आफूले चलचित्रमा काम गरेको बताए । “यो हाम्रो पुस्ताको प्रेम कथा हो । मलाई प्रस्ताव आएपछि कथा पढ्दा कथा देखेको र पात्रसँग जोडिएको महसुस गरे । पात्र प्रवासी नेपाली भएकाले पहिरन र लवजमा धेरै मेहनत गर्न परेन । यसको केही दृश्य वा थोरै कथा मेरो जीवनसँग पनि मेल खान्छ”, अभिनेत्री शाहले भनिन् ।

चलचित्रमा अभिनेत्री शाहसँगै कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारले अभिनय गरेका छन्। यसै चलचित्रमार्फत निश्चल खड्का र गरिमा शर्माले अभिनयको सुरुआत गर्दै छन् ।। “मलाई सानैदेखि ठूलो पर्दामा देखिने रहर थियो । यहाँ नयाँलाई मौका पाउन सहज छैन तर यो समूहसँग काम गर्न पाउँदा निकै सहजताका साथ सपना पूरा गरे । अब यहाँ टिकिरहन सक्दो मेहनत गर्ने छु”, नवअभिनेता खड्काले भनिन् ।

चलचित्रमा अभेद परवले छायाङ्कन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरले सङ्गीत सिर्जना, सजु चन्दनले सम्पादन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गरेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ८ : ३८ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग