म्याग्दीको मालिकामा वडा कार्यालय भवन निर्माण « Khabarhub

म्याग्दीको मालिकामा वडा कार्यालय भवन निर्माण


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण भएको छ । मालिका गाउँपालिकाले ७६ लाख रुपैयाँको लागतमा ७ कोठे एक तले भवन निर्माण गरेको हो ।

अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माणका लागि गत मंसिर १८ गते भगवती मालिका कन्ट्रक्सनसँग ७६ लाख ७ लाख ५८८ मा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि बिजय भट्टचनले असार मसान्तसम्म म्याद भएपनि लक्ष्य अघिनै भवन निर्माण सकिएको जानकारी दिए । एउटा सभाहल, वडा अध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा चार वटा शौचालय र शयनकक्ष छन् ।

वडा अध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सुरु गर्ने बताए । यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जीर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

सात वटा वडा रहेको मालिका गाउँपालिकाको यसअघि वडा नम्बर ३ को किटिनिमा भवन निर्माण भएको थियो । वडा नम्बर ६ को कार्यालय तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ ।

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, वडा नम्बर १ र ७ को भवन बनाउन २ करोड बजेट बिनियोजन भएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । वडा नम्बर २ रुम र वडा नम्बर ४ ओखरबोटको कार्यालय पनि पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ६ : ४८ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको