युरोकप : आजदेखि अन्तिम १६ का खेल हुँदै, इटाली र स्वीट्जरल्याण्ड भिड्ने « Khabarhub

युरोकप : आजदेखि अन्तिम १६ का खेल हुँदै, इटाली र स्वीट्जरल्याण्ड भिड्ने


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आजदेखि नकआउट चरण (अन्तिम १६)का खेल सुरु हुँदैछन् ।

नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

इटाली समूह ‘बी’मा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । इटालीले अल्बानियालाई हराएको थियो भने क्रोएसियासँग बराबरी र स्पेनसँग पराजित भएको थियो ।

यस्तै, स्वीट्जरल्याण्ड समूह ए मा उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो । स्वीट्जरल्याण्डले हंगेरीलाई हराएको थियो भने स्कटल्याण्ड र जर्मनीसँग बराबरी खेलेको थियो ।

इटाली र स्वीट्जरल्याण्डबीच अहिलेसम्म ६० खेल भएका छन् । जसमा इटालीले २९ र स्वीट्जरल्याण्डले ७ खेल जितेका छन् । २४ खेल भने बराबरी भएका छन् ।  

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : ४८ बजे

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान