सामुदायिक पुस्तकालयको बागमती प्रदेश सम्मेलन सम्पन्न « Khabarhub

सामुदायिक पुस्तकालयको बागमती प्रदेश सम्मेलन सम्पन्न


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय संघको आयोजनामा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा १३ र १४ गते सञ्चालित सार्वजनिक तथा सामुदायिक पुस्तकालयको बागमती प्रदेश सम्मेलन सम्पन्न भएको छ । 

दुई दिनसम्म चलेको सो सम्मेलनको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गरेका थिए । नेपालमा औपचारिक रूपमा पुस्तकालय स्थापना गर्न कानुन बनेको २१३ वर्ष भइसके पनि हालसम्म कुनै पनि खालका पुस्तकालयको सञ्चालन, व्यवस्थापन र सहजिकरणका लागि कानूनको अभाव भएको भन्दै मन्त्री गिरीले यस क्षेत्रसँग सम्वन्धित कानुन निर्माण गर्ने काममा सहजीकरण गर्ने प्रतिवद्धता जनाए।

सम्मेलनको बन्दसत्रमा बागमती प्रदेशका तीन दर्जनभन्दा बढी पुस्तकालयका प्रतिनिधिले आफ्नो पुस्तकालयको परिचय, हालसम्म गरेका काम तथा भोग्नु परेका समस्या, चुनौतीबारेमा चर्चा गरेका थिए । सम्मेलनमा गण्डकी, लुम्विनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक तथा प्रतिनिधि पुस्तकालयको समेत उपस्थिति रहेको थियो । 

सम्मेलनमा पुस्तकालयविद् इन्दिरा दलीले पढ्ने बानी विकास गर्नमा बाल पुस्तकालयको भूमिका र प्रा.डा. ध्रुवकुमार घिमिरेले बालबालिकाका उमेरअनुसार के कस्ता साहित्यको छनोट गर्ने भन्ने सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 

यस्तै सुजाता विष्टको अध्यक्षतामा ७ सदस्यीय नेपाल सामुदायिक पुस्तकालय संघ, बागमती प्रदेश कार्य समिति तथा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा.डा. गोविन्दप्रसाद पोखरेल संयोजक रहेको ७ सदस्यीय सल्लाहकार समिति गठन गर्दै १५ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १२ : ५७ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै