एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा  | Khabarhub Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा 


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले भोलिबाट हुने दशौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ।

आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको एकीकृत समाजवादीका एक नेताले बताएका हुन् । पार्टी महासचिव घनश्याम भुसालका अनुसार,  भृकुटी मण्डपमा भेला भई ११:३० बजेबाट कार्यक्रम सुरु हुनेछ।

महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी सहभागी हुने भुसालको दाबी छ । महाधिवेशनको उम्मेदवार बन्नका लागि नेकपा एकीकृत समाजवादीले न्यूनतम मापदण्डसमेत तोकेको छ। सो मापदण्ड प्रभावकारी रूपमा फलो हुने महासचिव भुसालको भनाइ छ।

 

नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टी अध्यक्ष माधव नेपाल सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्यास भुसाल पनि दाबेदार छन्।

तर नेपालको पक्षमा सहमति जुटाउने प्रयास भइरहेको नेपाल पक्षहरूका नेताहरूको भनाइ छ। यता झलनाथ खनालले आफू अध्यक्ष नभए महासचिव भुसाललाई सहयोग गर्ने गाईँगुईँ हल्ला चलेको छ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  २ : ४७ बजे

न्युजिल्यान्डका अलराउन्डर जिमी निशमले पोखराबाट एनपीएल खेल्ने

काठमाडौं – न्युजिल्यान्डका अलराउन्डर जिमी निशमले पोखराबाट नेपाल प्रिमियर लिग

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौं–  राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर