इराकको मस्जिदमा विस्फोटक उपकरण फेला « Khabarhub

इराकको मस्जिदमा विस्फोटक उपकरण फेला


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इराक– संयुक्त राष्ट्रसङ्घको एक एजेन्सीले उत्तरी इराकी सहरमा अवस्थित अल–नुरी मस्जिदको पुनःस्थापनाका क्रममा इस्लामिक स्टेट समूहका जिहादीहरूले वर्षौंअघि लुकाएका पाँचवटा बम फेला पारेको बताएको छ ।

संयुक्त राष्ट्र सांस्कृतिक एजेन्सी (युनेस्को)का एक प्रतिनिधिले शुक्रबार राति बताएअनुसार साइटको पुनःस्थापना गर्ने क्रममा टोलीले मङ्गलबार प्रार्थना हलको दक्षिणी पर्खालमा उक्त क्षेत्रलाई विनाश गर्न सक्ने गरी बनाइएको पाँचवटा ठूलो मात्राको विस्फोटक उपकरणहरू फेला पारेको थियो ।

बाह्रौँँ शताब्दीको मोसुलको अल–नुरी मस्जिद आइएसबाट सहर पुनः प्राप्त गर्ने लडाइँको क्रममा नष्ट गरिएको थियो । तीन वर्षसम्म मोसुल कब्जा गरेको आइएसले उक्त स्थानमा विस्फोटक पदार्थ राखेको इराकी सेनाले आरोप लगाएको छ ।

युनेस्कोले सहरमा मस्जिद र अन्य वास्तुकलात्मक सम्पदास्थलहरू पुनःस्थापना गर्ने काम गरिरहेको छ । यसको धेरै भाग सन् २०१७ मा पुनः प्राप्तिको लडाइँमा भग्नावशेषमा परिणत भएको थियो । “इराकी सशस्त्र बलले तुरुन्तै क्षेत्र सुरक्षित गर्यो र स्थिति अहिले पूर्ण रूपमा नियन्त्रणमा छ”, युनेस्कोले बताएको छ ।

युनेस्कोले पाचँमध्ये एउटा बम उक्त स्थानबाट हटाइएको छ तर अन्य चार उपकरणहरू एकअर्कासँग जोडिएको कारण केही दिनभित्र हटाइने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : २२ बजे

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ