तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन « Khabarhub

तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पथरी – मोरङको कानेपोखरी रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन ।

कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन दिएको थियो ।

निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माण भने कछुवा गतिमा भइरहेको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो ।

१५ मिटर लम्बाइ उक्त पुल रु एक करोड १८ लाखमा ठेक्का लागेको थिया तर १५ अझै पुल कहिले सम्पन्न हुन्छ भन्ने टुङ्गो नरहेको स्थानीयको भनाइ छ ।

स्थानीय पुन्यप्रसाद रिमालले उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँचजनाभन्दा बढीले ज्यान गुमाइसकेका र धेरैजना घाइते भएका उल्लेख गर्दै वर्षातको समयमा थप जोखिम रहेको बताए ।

“हामीले समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार भएकाहरुलाई ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन । १५ मिटर पुलसमेत समयमै बनाउन नसक्नेले बाँकी काम कसरी गर्लान् आश्चर्य लागेको छ”, उनले भने।

अब पुलको बाँकी काम चाँडै सम्पन्न गर्न जनप्रतिनिधि र नागरिक जागरुक बन्नुपर्ने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : ४२ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर