दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले पुरा गरे अर्धशतक « Khabarhub

दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले पुरा गरे अर्धशतक


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि अहिले भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।

केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतका लागि विराट कोहलीले अर्धशतक पुरा गरेका छन् । उनले १७ औं ओभरको पाँचौ बलमा अर्धशतक पुरा गरेका हुन् । ४८ बलको सामना गरेको कोहली ४ चौका सहित ५० रन बनाएर खेलिरहेका छन् । उनलाई शिवम दुवेले साथ दिइरहेका छन् ।

यसअघि भारतले विष्फोटक ब्याटिङ गरिरहेका अक्षर पटेललाई चौथो विकेटको रुपमा गुमाएको थियो । १४ आं ओभरको तेस्रो बलमा रन आउट भएका हुन् । ३१ बलको सामना गरेका उनले ४ छक्का र १ चौकासहित ४७ रन बनाएका थिए ।

भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो । ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका हुन् । दुवै जनाको विकेट दक्षिण अफ्रिकाका केशव महाराजले लिए ।

त्यस्तै पाँचौ ओभरको तेस्रो बलमा भारतले सुर्यकुमार यादवलाई गुमाएको छ । चार बलमा तीन रन बनाएर खेलिरहेका यादवलाई कागिसो रवडाले आउट गरेका हुन् ।

भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ३६ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका