टी–२० विश्वकप फाइनल : दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको चुनौती « Khabarhub

टी–२० विश्वकप फाइनल : दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको चुनौती


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि भारतले दक्षिण अफ्रिकालाई १७७ रनको चुनौती दिएको छ ।

केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै अक्षर पटेलले ३१ बलमा ४ छक्का र १ चौकासहित ४७ रन बनाए । शिवम दुवेले १६ बलमा २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे ।

आज भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो । ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका थिए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुई/दुई विकेट लिए । ३.२ ओभर बलिङ गरेको एन्रिचले २० रन खर्चिए, भने चार ओभर बलिङ गरेका महाराजले ४९ रन खर्चिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनको नाममा एक/एक विकेट रह्यो ।

भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ५९ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४