दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि « Khabarhub

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो ।

यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाले भने पहिलो पटक विश्वकपको उपाधि चुम्ने मौका गुमाएको छ ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो ।

उसका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन  । २७ बलको सामना गरेका उनले २ चौका र ५ छक्कासहित ५२ रन बनाए । उनलाई १७ औं ओभरको पहिलो बलमा हार्दिक पाण्ड्याले ऋषभ पन्तको हातबाट क्याच आउट गराएका थिए ।

त्यस्तै क्विन्टन डे ककले ३९ रनको योगदान दिए । ३१ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै ट्रिस्टन स्टब्सले २१ बलमा ३ चौका र एक छक्कासहित ३१ रन बनाए ।

भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले दुईदुई विकेट लिँदा अक्षर पटेलको नाममा एकविकेट रह्यो ।

यसअघि केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै अक्षर पटेलले ३१ बलमा ४ छक्का र १ चौकासहित ४७ रन बनाए । शिवम दुवेले १६ बलमा २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे ।

आज भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो । ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका थिए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुईरदुई विकेट लिए । ३.२ ओभर बलिङ गरेको एन्रिचले २० रन खर्चिए, भने चार ओभर बलिङ गरेका महाराजले ४९ रन खर्चिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनको नाममा एकरएक विकेट रह्यो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ११ : ४८ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन