प्रचण्डलाई गोकुल बास्कोटाको सुझाव : भ्रममा नबस्नू, एक्लै लड्नू « Khabarhub

प्रचण्डलाई गोकुल बास्कोटाको सुझाव : भ्रममा नबस्नू, एक्लै लड्नू


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम्‌ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई सत्तारुढ नेकपा (एमाले)का सांसद् गोकुल बाँस्कोटाले भ्रममा नबस्न र एक्लै लड्न सुझाव दिएका छन्‌ ।

हिजो (बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा दाहालले अब आफू सत्ताको खेलमा नभएको र एक्लैले सरकारको नेतृत्व गर्नसक्ने तहको पार्टी बनाउन लागेकाले त्यतिञ्जेलसम्म कांग्रेस र एमालेलाई मिलेर बस्न भनेका थिए ।

‘फेरि बीचैमा झगडा गरेर लौ न प्रचण्डजी ! भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला,’ वर्तमान सत्ता गठबन्धनको भविष्यप्रति शङ्का बढाउँदै दाहालले भनेका थिए, ‘कांग्रेस एमालेका साथीहरूलाई म यही रोष्टमबाट आग्रह गर्छु- प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन । तपाईंहरूकहाँ सत्ताको हिस्सेदारी माग्न आउने छैन ।’

उक्त अभिव्यक्तिलाई लिएर एमाले सांसद्‌ बास्कोटा बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पूर्वप्रधानमन्त्री दाहालमाथि खनिएका हुन्‌ ।

‘प्रचण्डजीले धम्कीपूर्ण प्रेमगीतको सुसेली हाल्नुभयो, म कहाँ नआऊ है भनेर !’ बाँस्कोटाले भने, ‘कोही पनि आउनेवाला छैन, भ्रममा नबस्नू ! एक्लै लड्नू ! भनेकै त्यही हो ।’

प्रचण्डले बुधबार माओवादीको ध्यान अब सत्तामा नरहेको जिकिर गरेका थिए । उनले अब आफूहरू षड्यन्त्रको प्रतिरोधमा रहेको बताएका थिए ।

‘आन्दोलनको पुनर्गठनमा छौँ । त्यही पुनर्गठनका बलमा हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं’, उनले भनेका थिए, ‘पहिला पनि बनाएका हौँ, अब पनि बनाउनेछौँ । त्यतिबेलासम्म कृपया तपाईंहरू मिलिदिनुहोला । फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’

यो पनि-

‘प्रचण्ड अब सत्ताको खेलमा छैन, सरकार एक्लै चलाउने हो’

संसद्‌मा प्रचण्ड : बङ्गलादेशको लड्डु, नेपालको घ्यु !

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ४ : ४७ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता