ओलम्पिकको स्वर्ण तालिकामा जापानको अग्रता | Khabarhub Khabarhub

ओलम्पिकको स्वर्ण तालिकामा जापानको अग्रता


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पेरिस ओलम्पिकमा अस्ट्रेलियालाई पछि पार्दै जापानले पहिलो पटक अग्रता लिएको छ। आइतबार भएका खेलमा जापानले २ स्वर्ण पदक जितेपछि अस्ट्रेलिया र अमेरिकालाई पछि पारेको हो। जापान र अस्ट्रेलियाले समान चार स्वर्ण पदक तथा दुई रजत पदक जिते पनि जापानले एक कास्य पदक जितेको छ।

आइतबारको भएको स्केटबोर्डिङको महिला स्ट्रिटमा जापानका योसुजावा कोकोले स्वर्ण तथा अकामा लिजले रजत पदक जिते। ब्राजिलकी रायसा लियलले कास्य पदक जितिन्।

जापानले आइतबार नै फेन्सिङको पुरुष इेपेको स्वर्ण पदक जितेको हो। फ्रान्सका याकिजन बोरेललाई हराउँदै जापानका कानो कोइले स्वर्ण जिते। सो स्पर्धाका इजिप्टका मोहम्मद अल सायदले कास्य पदक जितिन्।

ओलम्पिकमा नै महिला फोइलमा अमेरिकाकाले लिई केइफेइले आफ्नै देशकी लाउरेन स्क्रग्सलाई हराउँदै उपाधिको रक्षा गरिन्। सो स्पर्धामा क्यानडाकी एलनोर हार्भेले कास्य पदक जितिन्।

आइतबार भएको पौडीको महिला सय मिटर बटरफ्लाइमा आफ्नै देशकी रिश्वत कीर्तिमान धारी तथा ओलम्पिक कीर्तिमान धारी ग्लेटचन वाल्सलाई पछि पार्दै टोरी हस्कले स्वर्ण पदक जितिन्। सो स्पर्धामा चीनकी झाङ युफाइले कास्य पदक जितिन्।

पौडीकै पुरुष ४०० मिटर व्यक्तिगत मेड्लीमा फ्रान्सका लियोन मर्चान्डले स्वर्ण पदक जिते। जापानका मात्सुमिता तामायुकीले रजत तथा अमेरिकाका कार्सटन फोस्टरले कास्य पदक जिते। पौडीको १०० मिटर ब्रेस्टस्ट्रोकमा इटालीका निकालोस मार्टेनेग्रीले स्वर्ण जिते। सो स्पर्धामा अमेरिकाका निक फिन्क र बेलायतका एडम पेट्टीले संयुक्त कास्य पदक जिते।

अहिले ओलम्पिकको पदक तालिकामा एक स्वर्ण पदकको फरकमा ६ वटा देश छन्। एक दिन अघिसम्म अग्रता लिएको अस्ट्रेलियाले आइतबारको खेलमा महिला क्यानोइ सालोममा स्वर्ण पदक जितेको हो। सो स्पर्धामा जेसिका फक्सले स्वर्ण, पोल्यान्डकी क्लाउडिया ओजनेस्काले रजत तथा बेलायतकी किम्बर्ले उड्सले कास्य पदक जिते।

आर्चरीको महिला टिममा फाइनलमा चीनलाई ६/५ ले हराउँदै दक्षिण कोरियाले स्वर्ण पदक जितेको छ। सो स्पर्धामा आइतबार नै सुटिङको पुरुष १० मिटर एयर पिस्तोलमा चीनका झेउ युले स्वर्ण पदक जिते। सो स्पर्धामा इटालीको फेड्रिको निलो माल्डीनीले रजत तथा इटालीका पाउलो नोनाले रजत पदक जिते ।

सुटिङमा भारतकी मनु भाकर १० मिटर एयर पिस्तोलमा कास्य पदकमा सीमित भएकी छिन्। सो स्पर्धामा कोरियाका ओ ए जीनले स्वर्ण तथा किम एजीले रजत पदक जिते।

साइक्लिङको क्रस कन्ट्रीमा फ्रान्सकी फर्नाड पेभोन पाउलिनले स्वर्ण पदक जितिन्। यसै गरी, अमेरिकाकी हेली बेटनले रजत पदक जितिन्। सो स्पर्धामा स्विडेनकी जेनी रेभ्सडीले कास्य पदक जितिन्।

जुडोको महिला ६२ केजीमा उज्बेकिस्तानकी डाइरिया केल्डोरियाले कोसोभोक डिस्ट्री कारायोकीलाई हराउँदै स्वर्ण पदक जितिन्।
अमेरिकी स्टार जिम्न्यास्ट सिमोन वाइल्सले शरीरमा दुखाइको महसुस गरी रहेकी छिन्। यसका बाबजुद उनले जिम्न्यास्टिकको छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेकी छिन्।

इतिहासकै उत्कृष्ट जिम्न्यास्ट वाइल्स अस्वस्थ भएर अपेक्षाकृत प्रदर्शन गर्न नसके यसले अमेरिकालाई ठुलो धक्का लाग्ने छ। चोटका बाबजुद उनलाई अलराउण्डको स्वर्ण पदकको दाबेदार मानिएको छ।

अहिलेसम्म अमेरिका, दक्षिण कोरिया, फ्रान्स र चीनले ३ स्वर्ण पदक जितेका छन्। आइतबार भएका अन्य महत्त्वपूर्ण खेल मध्ये बास्केटबलमा लिब्रेयन जेम्स जमेपछि अमेरिकाले सर्बीयालाई ११०-८४ ले हरायो।

सन् २०१२ मा दोस्रो पटक ओलम्पिक स्वर्ण पदक जितेका ३९ वर्षीय उनी १२ वर्षपछि फेरि ओलम्पिकमा फर्किएका हुन्। जेम्सले सो खेलमा २१ बास्केट गरे। सो खेलमा केभिन डुरान्टले पनि २१ स्कोर गरे।

आइतबारका पदक विजेता एडम पेटीको पदकलाई विशेष मानिएको छ। सन् २०१५ मा एकाएक विश्व पौडीमा उदाएका उनले लगातार दुई पटक ओलम्पिक स्वर्ण पदक जितेका थिए। विश्व च्याम्पियनसिपमा लामो समय आफ्नो स्पर्धामा दबदबा राखेका थिए। यसका बाबजुद २०२२ मा उनको गोडामा चोट लागेको थियो। त्यसपछि उनी लामो समय पौडीबाट टाढा रहेका थिए। उनी फेरि खेलमा फर्कनले आशा समेत कमैले गरेका थिए।

त्यसपछि मदिराको नसा, बिग्रिएको पारिवारिक सम्बन्ध लगायत यावत कारण उनी निराशाको सिकार भएका थिए। उनी कहिले पनि पुलमा पौडन चाहन्थे। उनलाई संसारको अघि पुलमा प्रतिस्पर्धा गर्न मन नै नलगाएको अवस्था थियो।

यसपछि पेटीलाई आत्मबल प्रदान गर्ने सवालमा पूर्व ओलम्पिक स्वर्ण विजेता एडेबा रेडगिल्टनको ठुलो भूमिका रहेको थियो। रेडगिल्टनकै प्रेरणामा उनी एक वर्ष अघि खेलमा फर्किएका थिए।

यस ओलम्पिकमा ३ पौडीबाजको कम ब्याकलाई चासो पूर्वक हेरिएको थियो। पेटीको साथमा केलेब ड्रेसेल पनि सन् २०२२ को विश्व च्याम्पियनसिपको समयमा मानसिक स्वास्थ्यका कारण बिचमा नै खेल छाडेका थिए। उनी पनि सन् २०२३ को उत्तरार्द्ध मात्र खेलमा फर्किएका हुन्। यसैगरी अमेरिकी स्प्रिन्टर सिमोन मानुएल टोकियोकै समयमा ओभर ट्रेनिङ सिनड्रोमबाट प्रभावित भएकी थिइन्।
यी दुवै खेलाडीले पनि रिलेमा सहभागिता जनाउँदै पदक जिती सकेका छन्।

ओलम्पिकमा सोमबार १९ स्वर्ण पदकको टुङ्गो लाग्ने छ। अहिलेसम्म रहेको प्रतिस्पर्धात्मक तालिकामा सोमबारबाट धेरै फेर बदल आउने सम्भावना प्रबल छ।

आर्चरीको पुरुष टिम इभेन्टको पदक टुङ्गो लाग्ने छ। यसैगरी जिम्न्यास्टिकको पनि पुरुष टिमकै पदक टुङ्गो लाग्ने छ। पौडीका चार स्वर्ण पदकको टुङ्गो लाग्ने छ। क्यानोइ स्लालोमको १, फेन्सिङका दुई, इक्वेस्ट्रियनको २ तथा जुडोका दुई स्वर्ण पदकको टुङ्गो सोमबार लाग्ने छ। सुटिङका दुई स्वर्ण पदकको टुङ्गो पनि सोमबार लाग्ने छ। साइक्लिङ र स्केटबोर्डीङको पनि स्वर्ण पदकको टुङ्गो सोमबार लाग्ने छ।

अझ धेरै दिन जान बाँकी छ। यी दिनहरूमा अझ धेरै सफलता, विवाद, खुसी र निराशाको समाचार आउन सक्छ। तथापि सुरुवाती दिनमा बास्केटबलमा दक्षिणी सुडानको उपस्थिति, जेम्सको ३९ वर्षमा सनसनी तथा केही स्टार खेलाडीको पुनरागमनलाई भने धेरैले चासो पूर्वक हेरेका छन्।

स्रोतः ओलम्पिक बिबिसी, सिएनएन

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : २८ बजे

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ

‘जापानमा रोजगारी गर्न चाँडै नै नेपाली श्रमिक पठाउँछौं’

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी