गोरखाको धार्चे पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन्, बिहानैदेखि खोजी सुरु « Khabarhub

गोरखाको धार्चे पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन्, बिहानैदेखि खोजी सुरु


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार गएको पहिरोमा परी बेपत्ता भएकाहरूको अझै पत्ता लाग्न सकेको छैन ।

आइतबार बिहान गएको पहिरोमा परेर पाँचजना बेपत्ता भएका थिए । दुईजनाको भने घाइते अवस्थामा उद्धार गरी काठमाडौँमा ल्याएर उपचार भइरहेको छ ।

बेपत्ता भएकाहरूको आइतबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि आज बिहानैदेखि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय जुटेका छन् । डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनले खोजीका लागि जेसीबी मेसिनसमेत प्रयोग गरिएको बताए ।

पहिरोमा एकै घरका तीन सहित पाँच जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमा धार्चे गाउँपालिका–५ रेसेका जितबहादुर गुरुङ, उनकी श्रीमती कान्छी गुरुङ, बुबा सुकलाल कान्छा गुरुङ, सोही ठाउँका रमेश गुरुङ र हाइड्रो पावरका ट्याक्टर चालक रमेश परियार बेपत्ता छन्।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : २३ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन