छिट्टै नियमित उडानमा फर्किने सौर्य एयरलाइन्सको प्रतिबद्धता « Khabarhub

छिट्टै नियमित उडानमा फर्किने सौर्य एयरलाइन्सको प्रतिबद्धता


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउन ९ गतेको ठुलो दुर्घटनापछि सौर्य एयरलाइन्सले छिट्टै उडानमा फर्किने प्रतिबद्धता जनाएको छ। विज्ञप्ति सार्वजनिक गर्दै यरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले यस्तो प्रतिबद्धता जनाएका हुन्।

आइतबार सार्वजनिक विज्ञप्तिमा उनले भनेका छन्, ‘हामी अहिले शोकको घडीमा छौं। अब छिट्टै नै नियमित उडानमार्फत् पुनः यात्रु महानुभावहरुसँग जोडिने छौँ।’

अध्यक्ष पोखरेलले एयरलाइन्सका कर्मचारीलाई उच्च मनोबलका साथ यात्रुलाई सुरक्षित र सेवाप्रति अझै मजबुत भएर अगाडि बढ्न आग्रह गरेका छन्। उनले यात्रुको सुरक्षा र भरपर्दो यात्राका लागि निरन्तर सुधार र सतर्कता अपनाउँदै आगामी दिनमा सबैको विश्वास, सहयोग र समर्थन प्राप्त गर्ने अपेक्षा राखेका छन् ।

दुर्घटनापछि सहयोग गर्ने नेपाल सरकार सुरक्षा निकाय, अस्पताल र चिकित्सकलाई धन्यवाद दिँदै एयरलाइन्सले दुर्घटनाबाट पुगेको असुविधाप्रति यात्रु तथा यात्रुका परिवार र समग्र नेपाली नागरिकसँग क्षमासमेत मागेको छ।

अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये एक जना विदेशी नागरिकबाहेक सबैको शव आफन्तलाई बुझाइसकिएको जानकारी गराइएको छ।

एयरलाइन्सले यात्रुले प्राप्त गर्ने बिमाको सम्पूर्ण प्रक्रिया अगाडि बढिसकेको बताएको छ। विज्ञप्तिमा बिमाबाहेक नेपाल सरकारबाट नियमअनुसार प्राप्त गर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने जनाएको छ ।

साउन ९ गते सौर्य एयरलाइन्स प्रा.लिको ९एन-एनएमई कलसाइनको विमान नियमित प्राविधिक परीक्षणका लागि काठमाडौंबाट पोखराका लागि उडे लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना पाइलटको भने उपचार भइरहेको छ। पाइटलको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : ५९ बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं– परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा