‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ नेपाल र भारतबाट एकसाथ प्रकाशन « Khabarhub

 ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ नेपाल र भारतबाट एकसाथ प्रकाशन


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कवि तथा अनुवादक चन्द्र गुरुङले नेपाली भाषामा अनुवाद गरेका प्यालेस्टाइनी कविताहरूको सङ्ग्रह ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ भारत र नेपालमा एकसाथ प्रकाशित भएको छ ।

कविता सङ्ग्रहलाई भारतीय नेपाल भाषीहरूका लागि दार्जिलिङको लाली गुराँस प्रकाशन गृह र नेपालको इन्डिगो इन्क प्रकाशन गृहले प्रकाशित गरेको छ । सङ्ग्रहमा ३९ प्यालेस्टाइनी कविहरूका ८० कविता समेटिएका छन् ।

कवितासङ्ग्रहमा विश्वविख्यात प्यालेस्टाइनी कवि महमुद दर्विश, घसन कानाफानी, मुइन बसीसो, फौजी अल–असमार, समिह अल–कासिम, तौफिक जय्यद आदि पुराना र नयाँ कविका कविताहरू सङ्ग्रहित छन् ।

स्वतन्त्र प्यालेस्टाइन स्थापनाका लागि प्यालेस्टिनीहरूले गरेको सङ्घर्षको कथा कवितामा पोखिएका छन् ।

अनागरिक र घरबारविहीन भएका उनीहरूको सङ्घर्षमय जीवनलाई प्यालेस्टिनी कविहरूले बेजोडले व्यक्त गरेका छन् । करिव दुई हजार वर्षदेखि अहिलेसम्म यहुदी र इस्लाम अरबीबीच धार्मिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सङ्घर्ष, द्वन्द्व र युद्धले कमजोर बनेका प्यालेस्टिनी स्रष्‍टाहरूको विस्फोटक कविताहरू सङ्ग्रहमा समेटिएको अनुवादक चन्द्र गुरुङले बताए ।

मध्यपूर्व (मिडिल इस्ट) का समकालीन सर्जकहरुसँग नियमित सम्पर्कमा रहेका गुरुङले कतिपय अङ्ग्रेजी र हिन्दीबाट अनुवाद गरेका छन् भने कतिपय कविताहरु प्यालेस्टिनी कविहरुसँग प्रत्यक्ष सम्पर्क गरेर अनुवाद गरेका छन् ।

कुनै बेला यहुदीहरूको देश नै थिएन अहिले प्यालिस्टिनीहरु देशविहीन हुन पुगेको बेला पछिल्लो समयमा इजरायलको मारमा परेका छन् ।

इजरायल–प्यालेस्टाइन द्वन्द्वको इतिहास अरब प्रायद्वीपमा यहुदी बहुल मुलुकको स्थापनासँगै सुरु भएको थियो ।

सन् १९४७ नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घले ब्रिटिसको अधीनमा रहेको प्यालेस्टाइनलाई अरब र यहुदी राज्य गरी दुई भागमा बाँढ्ने प्रस्ताव पास भएसँगै प्यालेस्टाइनमा यहुदी र अरबबीच द्वन्द्व र युद्ध जारी छ ।

तिनै द्वन्द्व र युद्धले निम्त्याएको मानवीय क्षतिको भयावह अवस्थालाई प्यालेस्टिनी कविहरूले आक्रोशको रुपमा सुन्दर शैलीमा व्यक्त गरेर स्वतन्त्र प्यालेस्टाइनको आवाज बुलन्द बनाएको विषय कवितामा सँगालेका छन् ।

भारत र नेपालबाट एकसाथ सङ्ग्रह निकालेपछि अनुवादक गुरुङले भने, ‘यस कवितासङ्ग्रहमा रहेका कविताहरू आफ्नो मातृभूमिप्रतिको अगाध माया र जनताले भोगेको उत्पीडनको विरोधमा जन्मेका संघर्ष र योगदानको कथा हो ।

यी कविताहरूमा उनीहरूको भावना, आक्रोश र आशाहरू छताछुल्ल पोखिएका छन् ।’

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : ४४ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो