संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो, दलहरू आन्तरिक छलफलमा | Khabarhub Khabarhub

संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो, दलहरू आन्तरिक छलफलमा


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको विवादबारे ठोस धारणा बनाउन नसक्दा संसदीय सुनुवाइ समितिको बैठक सारिएको छ ।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न बिहान साढे ११ बजे समितिको बैठक बोलाइएको थियो । तर दलहरूले आन्तरिक छलफलमा रहेको बताएपछि यो बैठक सोमबार नै साँझ ५ बजेका लागि सारिएको छ।

प्रधानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको संवैधानिक परिषद्को गत असार २ को बैठकले आयुक्तका लागि सिफारिस गरेको थियो।
प्रधानविरुद्ध आफ्नै कार्यालयमा कार्यरत महिलामाथि सन् २०१७ देखि २०२२ सम्म लगातार यौन हिंसा गरेको एउटै विषयका चारवटा उजुरी परेका थिए।

समितिले असार १९ गते पीडित महिलालाई बोलाएर उजुरी र घटनाबारे सोधपुछ गरेको थियो।

पीडित महिलाले आफूमाथि प्रधानले यौन दुराचार गरेको बताएकी थिइन् । पीडितको बयानपछि प्रधानले आफ्नो चरित्रमाथि प्रश्न गर्ने जवाफ संसदीय समितिलाई नरहेको जवाफ दिएका थिए।

यौन शोषणको मुद्दामा मिलापत्र गरेको देखिएपछि प्रधानलाई अनुमोदन गर्ने नगर्ने विषयलाई लिएर संसदीय समिति उल्झनमा परेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : २४ बजे

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट