संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो, दलहरू आन्तरिक छलफलमा « Khabarhub

संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो, दलहरू आन्तरिक छलफलमा


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको विवादबारे ठोस धारणा बनाउन नसक्दा संसदीय सुनुवाइ समितिको बैठक सारिएको छ ।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न बिहान साढे ११ बजे समितिको बैठक बोलाइएको थियो । तर दलहरूले आन्तरिक छलफलमा रहेको बताएपछि यो बैठक सोमबार नै साँझ ५ बजेका लागि सारिएको छ।

प्रधानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको संवैधानिक परिषद्को गत असार २ को बैठकले आयुक्तका लागि सिफारिस गरेको थियो।
प्रधानविरुद्ध आफ्नै कार्यालयमा कार्यरत महिलामाथि सन् २०१७ देखि २०२२ सम्म लगातार यौन हिंसा गरेको एउटै विषयका चारवटा उजुरी परेका थिए।

समितिले असार १९ गते पीडित महिलालाई बोलाएर उजुरी र घटनाबारे सोधपुछ गरेको थियो।

पीडित महिलाले आफूमाथि प्रधानले यौन दुराचार गरेको बताएकी थिइन् । पीडितको बयानपछि प्रधानले आफ्नो चरित्रमाथि प्रश्न गर्ने जवाफ संसदीय समितिलाई नरहेको जवाफ दिएका थिए।

यौन शोषणको मुद्दामा मिलापत्र गरेको देखिएपछि प्रधानलाई अनुमोदन गर्ने नगर्ने विषयलाई लिएर संसदीय समिति उल्झनमा परेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : २४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार