शेयर बजारमा करेक्सन, २०.४६ अंकले घट्यो नेप्से « Khabarhub

शेयर बजारमा करेक्सन, २०.४६ अंकले घट्यो नेप्से


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

सोमबार नेप्से परिसूचक २० दशमलव ४६ अंकले घटेको छ । नेप्से परिसूचक शून्य दशमलव ७६ प्रतिशतले घटेर २६६१ को विन्दुमा पुगेको छ । आज १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७० कम्पनीको शेयर मूल्य बढेको छ ।

आज २ लाख २२ हजार ६ सय ६० कारोबारबाट ३२५ कम्पनीका ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज दिनभरको कारोबार रकम १९ अर्ब ६० करोड ९१ लाख ७७ पुगेको छ ।

आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै, कुमारी बैंकको २४ लाख ६३ हजारको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : २१ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि