प्रधानमन्त्रीलाई सांसद डाँगीको प्रश्न- १५ दिनमा टियु क्रिकेट मैदान कति बन्यो ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई सांसद डाँगीको प्रश्न- १५ दिनमा टियु क्रिकेट मैदान कति बन्यो ?


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निशा डाँगीले कीर्तिपुरस्थित क्रिकेट मैदानको भौतिक प्रगति बारे संसदमा प्रश्न उठाएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार गठन भएको १५ दिन बितिसकेको भन्दै टियु क्रिकेट मैदानको भौतिक प्रगति सोधेकी हुन् ।

उनले सरकारले क्रिकेट मैदान निर्माण गर्ने भनेर निर्णय गरेको १५ दिन बितिसकेको भन्दै आजसम्म ५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने बताइन् ।

डाँगीले सरकारलाई सदनप्रति जबाफदेही बन्न आग्रह गर्दै डाँगीले समाचारका लागि बोल्ने र देखाउनका लागि घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्न माग समेत गरिन् ।

उनले भनिन्- ‘म सभामुखमार्फत प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कीर्तिपुर क्रिकेट मैदानको भौतिक प्रगति के कति भइरहेको छ सोध्न चाहन्छु र उक्त खेल मैदान निर्माणको प्रगति विवरण प्रधानमन्त्री ज्यु आफैले अथवा खेलकुद मन्त्रीले सदनमा प्रत्येक महिना प्रस्तुत गर्नको लागि माग राख्दछु ।’

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : १० बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा