विश्व बैंकको ३३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

विश्व बैंकको ३३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने भएको छ ।

साउन १० गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध हुने १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताए ।

बैठकले तल्लो मोदी–नयाँ मोदी १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत पर्वत जिल्लामा करिब शून्य दशवल९४७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय उनले बताए ।

त्यस्तै बैठकले बिभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति (गठन) (दोस्रो संशोधन) आदेश २०८१ स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : ५२ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई