भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार | Khabarhub Khabarhub

भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

घोराही– जिल्लाको गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थालेको ३२ वर्ष भयो । उनले हरेक वर्ष घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्छन् ।

हरेक वर्ष जेठदेखि कार्तिकसम्म यहाँ भैँसी बिक्री गर्न आउने गरेको मुसलमानले बताए । ‘लामो समयदेखि भैँसी पालनसँगै व्यापार पनि गर्दै आएको छु । अहिले वार्षिक ३० देखि ३५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ’, उनले भने, ‘घरमा पनि सधैँ दुई/चार वटा भैँसी भइरहने भएकाले दूध, दही बिक्रीबाट पनि आर्य आर्जनमा सहयोग पुगेको छ ।’

देउखुरी क्षेत्रबाट आफूसहित अन्य व्यापारीले पनि यहाँ दुहुना भैँसी बिक्रीका लागि ल्याउने गरेका मुसलमानले जानकारी दिए । कटुवा खोलाबाट एक सय रुपैयाँ प्रतिलिटरका दरले दैनिक दूधसमेत बिक्री गर्ने गरेको उनले बताए ।

अन्य समयमा भन्दा असार, साउनमा बढी भैँसी बिक्री हुँदै आएको मुसलमानको भनाइ छ । ‘यो वर्ष १२ वटा भैँसी बिक्री भइसकेका छन्’, उनले भने, ‘यहाँ ल्याइएका भैँसी बिक्री गरेर सकियो भने फेरि देउखुरी लिन जाने गर्छौँ । बुबाबाजेले गर्दै आएको भैँसीपालन पेसालाई निरन्तरता दिँदै आएका हौँ ।’

मुसलमानले एउटा भैँसीको ६० हजारदेखि दुई लाख रुपैयाँसम्म पर्ने बताए । उनका अनुसार कटुवाखोला किनारमा भैँसी किन्न दाङका साथै रोल्पा, प्युठान, सल्ल्यान, रुकुमलगायत जिल्लाबाट ग्राहक आउने गरेका छन् । वार्षिक ३० देखि ३५ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको बताउँदै उनले सबै खर्च कटाएर पाँच लाख रुपैयाँ बढी आम्दानी हुने गरेको जानकारी दिए।

घरका अन्य सदस्यले घरपालुवा पशुको हेरचाह गर्ने मुसलमानको भनाइ छ । उनले छ महिना घरबाट र छ महिना घोराहीमा आएर भैँसी बेच्ने गर्ने गरेको सुनाए । दाङको गढवा गाउँपालिका–४ बाट मात्रै अहिले २० जना बढी व्यापारी घोराही आएर भैँसीको व्यापार गर्छन् ।

मुसलमानले ‘रोशनी पशु खरिद बिक्री केन्द्र तथा पशु फार्म’ दर्ता गरी भैँसीको व्यावसायिक व्यापार गर्दै आएका हुन्।

लामो समयदेखि पशुपालन क्षेत्रमा लागेका उनले आयआर्जन राम्रो हुँदै गएको बताए । देउखुरी क्षेत्रको राजपुर, राप्ती, गढवालगायत क्षेत्रका अधिकांश किसानले व्यावसायिक रूपमा भैँसीपालन गर्दै आएका छन् ।

रासस

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ५ : ०१ बजे

जेन-जीहरूको असली प्रतिनिधि पार्टी माओवादी हो : प्रचण्ड

धादिङ– नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश

ओलीले भने- नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आयो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले आफ्नो सुरक्षा

मधेसमा फुट्यो जनमत : मुख्यमन्त्रीबाट हटेपछि सतिश सिंह लागे जनस्वराज पार्टीतिर

जनकपुरधाम– मधेस प्रदेशमा जनमत पार्टी औपचारिक रूपमा फुटेको छ । निवर्तमान

संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं– जेन-जी आन्दोलनपछि विघटित संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा

मैले दिएको सुझावविपरीत सरकार गठन भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको विषयमा