युगकवि सिद्धिचरण पुरस्कार प्राडा ठाकुरलाई  | Khabarhub Khabarhub

युगकवि सिद्धिचरण पुरस्कार प्राडा ठाकुरलाई 


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गरेको छ ।

युगकवि सिद्धिचरण जयन्तीका अवसरमा सोमबार काठमाडौंमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुरलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

तीनदशकदेखि युगकविका कृति र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देश विदेशमा फैलाउन विशिष्ट योगदान पुर्‍याएबापत प्राडा ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गरिएको हो ।

यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धिचरणका रचनाहरुमा सामाजिक, न्याय र समानताका साथै विकास र परिवर्तनको चेतना देखिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुई वटा कृति विमोचन गरे ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ५ : १० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई