प्रधानमन्त्री ओली भन्छन्- देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ « Khabarhub

प्रधानमन्त्री ओली भन्छन्- देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताएका छन् ।  युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरूको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक रहेको बताएका हुन् ।

‘जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरू चम्किनुपर्छ’, उनले भने ।  उनले आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिक रूपमा प्रभावित रहेको उल्लेख गरे ।

‘उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति  प्रभावित छु’, उनले भने, ‘उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरू क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।’

युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको उनको भनाइ थियो । युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार प्राडा उषा ठाकुरलाई नगद एक लाख रुपैयाँसहित प्रदान गरियो ।

युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका लागि ओखलढुङ्गा संवाददाता नवराज कार्की नगद ४० हजारसहित पुरस्कृत भए ।

सोही समारोहमा प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुई वटा कृति विमोचन गरिएको छ ।

विसं १९६९ जेठ ९ गते जन्मिएका युगकवि श्रेष्ठको जन्मजयन्ती समारोह जेठ ९ गते गरिँदै आएकामा यस वर्ष उनकी सुपुत्रीको निधन भएकाले स्थगित गरी आज सम्पन्न गरिएको हो ।

कार्यक्रमको अध्यक्षता युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि बैरागी काइँलाले गरेका थिए ।

समारोहमा प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत साहित्य र प्राध्यापन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कवितामा क्रान्ति शब्द प्रयोग गरेकै कारण तत्कालीन राणा शासकहरूले सिद्धिचरण श्रेष्ठलाई सर्वस्वसहित १८ वर्ष कारावासको सजाय सुनाएका थिए । उनी पाँच वर्ष जेल सजायपछि विसं २००२ मा जेलमुक्त भएका थिए । उनका हालसम्म ३९ कृति प्रकाशित भइसकेका छन् । अझै प्रकाशोन्मूख सात वटा कृति रहेको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ५ : २२ बजे

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट