किशोरावस्थाका छोराछोरीप्रति अभिभावकको दायित्व | Khabarhub Khabarhub

विचार

किशोरावस्थाका छोराछोरीप्रति अभिभावकको दायित्व


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

विश्व स्वास्थ्य संगठनका अनुसार १० वर्ष देखि १९ बर्षसम्मको उमेर समुहलाई किशोरावस्था भनिन्छ । किशोरावस्थामा हर्मोन परिवर्तनको कारणले शारीरिक र मानसिक स्वास्थ्यमा तीव्र परिवर्तन भइरहेको हुन्छ ।

किशोरावस्थाका मानिसको मनस्थिति धेरै समय एकनासको रहन सक्दैन र मानसिक चञ्चलता तिब्र हुन्छ । दुःख, सुख, रिस, ईर्स्या जस्ता कुरा अभिव्यक्त गर्न, परिवार, समाज र साथीहरुसँग आफ्नो परिचय र स्थान खोज्न तथा सामाजिक, धार्मिक रितिरिवाजका नीति नियम नमान्ने स्वभाव देखाउन थाल्छन् ।

यस्तो स्वाभाव र प्रतिक्रियालाई परिवार तथा समाजले नकारात्मक रूपमा मात्रै लिने गरेको पाइन्छ । तर, यो सामान्य मानवीय अनुभूतिको ब्यक्त गरिएको अवस्था मात्र हो । उनीहरूले विषयवस्तुलाई फरक तरिकाले अध्ययन गरिरहेका हुन्छन र यस्ता व्यवहारले उनीहरूको जीवन भोगाइ र सिकाइ हुन्छ । उनीहरूले प्रकट गर्ने संवेदनाहरूलाई अभिभावकले सकारात्मक रुपमा उचित र आवश्यकताअनुसार सम्बोधन गर्न जरुरी छ ।

किशोरावस्थामा प्रजनन अंगहरुमा आएको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ र यसले मन अस्थिर हुने हुँदा सही निर्णय लिन नसक्ने, ध्यान केन्द्रित नहुने, अरुलाई सजिलै विश्वास गर्ने आदि व्यवहार देखाउँछन् ।

बाल्यावस्था भन्दा पनि किशोरावस्था बढी संवेदनशील हुन्छ । किनभने यो उमेर यौन तथा प्रजनन अंगको विकासले विपरीत लिङ्गप्रतिको आकर्षण बढ्ने र उचित निर्णय लिन नसक्ने अवस्था हो  । यस्तो अवस्थामा अभिभावकले उनीहरूको स्वास्थ्य, भावना, विचारबारे विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

यो उमेर समूहका कतिपयले स-साना कुरामा झर्किने, बुबाआमासँग सधैँ विवाद गरिराख्ने, घरमा सधैँ कोठाभित्र चुकुल लगाएर मात्रै बस्ने, आफ्नो सामान स्याहार नगर्ने, हदैसम्मको हेलचेक्र्याइँ गर्ने व्यवहार पनि देखाउने गर्छन् । यस्तो व्यवहारले घरपरिवारमा अभिभावकको र छोराछोरीको दुरी बढ्ने गरेको देखिन्छ ।

किशोरास्थामा अभिभावकले प्रयोग गर्ने अभिभावकीय शैलीलाई छोराछोरीको विचार, स्वाभाव र व्यवहार अनुसार परिवर्तन गर्नुपर्ने हुन्छ र यसका लागि अभिभावकको निम्न अनुसारको भूमिका हुनु जरुरी छ ।

निर्णायक शैली

यसप्रकारको अभिभावकीय शैलीमा छोराछोरी र अभिभावकको जिम्मेवारी बराबर हुने हुनाले उनीहरुमा आएको परिवर्तनलाई सामान्य महसुस गराउन अभिभावकले सँगै बसेर कुरा गर्ने, समस्या सुन्ने र समस्या समाधान गर्न सल्लाह दिने गर्नुपर्छ ।

यो अवस्थामा उनीहरुमा सकारात्मक तथा नकारात्मक मिश्रित किसिमको विचार विकसित हुने हुँदा अभिभावकको सल्लाह निकै महत्वपूर्ण हुन्छ ।

उनीहरूलाई घरको महत्वपूर्ण सदस्य हुँ भन्ने भावनाको विकास र क्षमताअनुसारको जिम्मेवारी प्रदान गराउनुपर्छ । अभिभावकलाई मन नपर्ने धेरै गल्ती दोहोरिरहेका हुन सक्छन् सक्छ । तर, उनीहरूको मानसिक अवस्था बुझेर सल्लाह र सहयोग गरी स्वतन्त्रतासहित उनीहरूलाई उचित समय र ठाउँ पनि दिनुपर्छ ।

साथीजस्तो किशोरकिशोरी मैत्री व्यवहार

समय, प्रविधि, उमेर, ज्ञान र भोगाइका कारणले उनीहरूको विचार अभिभावकको विचार भन्दा निकै फरक हुन्छ । उनीहरूको विचार र भावना जस्तो भए पनि ध्यान दिएर, शान्त भएर सुन्ने र समय सान्दर्भिक सकारात्मक भएमा स्याबासी दिँदै समर्थन गर्ने तर फरक विचार आएमा सामान्य ढंगबाट सम्झाउनुपर्छ ।

अभिभावकको स्वभाव र उनीहरुलाई दिएको प्रतिक्रियाले निकै ठूलो प्रभाव पार्ने हुँदा प्रतिक्रिया दिँदा सजग हुन जरुरी हुन्छ ।

एआई निर्मित तस्बिर

किशोर–किशोरीले राखेका विचार र भावनालाई अभिभावकले ध्यानपूर्वक सुन्ने र तत्कालै प्रतिक्रिया नदिई यस्ता विषयमा उनीहरू स्वयंलाई सोच्ने, विश्लेषण गर्ने र निर्णय लिने समय उपलब्ध गराउनु पर्छ । जसले उनीहरूमा विस्तारै समस्या समाधान गर्ने सीप, निर्णय गर्ने सीप तथा विषयवस्तुको विश्लेषण गर्ने सीप विकास हुँदै जान्छ । अभिभावकको साथीजस्तो व्यवहारले किशोरावस्थामा शारीरिक र मानसिक विकास सहज हुने गर्छ ।

छोराछोरीलाई बनाउन होइन बन्न प्रोत्साहित गर्ने

अभिभावकले छोराछोरीलाई उनीहरुको रुचि र क्षमतालाई बेवास्ता गर्दै आफन्त, छिमेकी र साथीभाइका छोराछोरीजस्तो पढाउन एवं बनाउन खोज्छौं र उनीहरुसँग तुलना गरी उ जस्तो भएनौ भनी गाली गर्ने गर्छौं । यसले उनीहरूमा हीनतावोध, निराशा र आत्मविश्वासको कमी गराउँछ र गलत बाटो रोज्न सक्छन् ।

अभिभावकले सन्तानसँग अपेक्षा राख्दा उनीहरुको रुचि र क्षमता अनुसारको बन्ने वातावरण सिर्जना गराई त्यस्तो बन्नका लागि प्रोत्साहन गराउनु पर्छ ।

कतिपय अभिभावकले यो उमेर अनुशाशित, अध्यनशील र अरुको भन्दा फरक बनाउने भन्दै दमनात्मक शैलीको प्रयोग गरी नियन्त्रणमा राखेका हुन्छन् भने कतिपयले अनुमतिशील शैलीको प्रयोग गरी आवश्यक भन्दा बढी स्वतन्त्रता प्रदान गरेका छन् । तर, यी दुवै शैली तत्कालका लागि ठिक भए पनि दीर्घकालका लागि अभिभावक र बालबालिकाका लागि घातक हुन् ।

छोराछोरीलाई होस्टेल, स्कूल र ट्युसन सेन्टरमा बोडर्स गरी चियापसल, मोबाइल वा टीभीमा समय बिताउँदै म त व्यस्त छु भन्दै उनीहरुको जीवन अस्त व्यस्त बनाइरहेका छौं । हामीले जे दिन्छौं फिर्ता त्यही पाउँछौ । त्यसैले छोराछोरीलाई समयले भ्याएसम्म समय दिएमा भविष्यको दुर्घटनाबाट बच्न सकिन्छ ।

(शिक्षा विषयमा कलम चलाउने लेखक माधवमणि खनाल  शिक्षण पेशामा आवद्ध छन् । यस लेखमा व्यक्त विचार लेखकका निजी हुन्, जसले खबरहबको सम्पादकीय नीतिको प्रतिनिधित्व गर्दैनन् )

लेखकबाट थप-

स्थानीय तहलाई कसले बुझाइदिने शिक्षाको मर्म ?

शिक्षामा सुधार : स्थानीय सरकारले यहाँबाट शुरु गर्ने कि !

अभिभावक ऐना, बालबालिका अनुहार

 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ७ : ३९ बजे

अपराधको राजनीतिकरण नगरौँ, रविको निलम्बन कानूनसम्मत छ

सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पर्सा– पर्साको वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल

‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ आजदेखि

काठमाडौं– ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन आजदेखि सुरु हुँदैछ ।

यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण सुरु

चितवन– महिला यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टिमको बन्द प्रशिक्षण

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख– दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको