अमेरिकामा नेपाली युवतीमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक « Khabarhub

अमेरिकामा नेपाली युवतीमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

टेक्सास – अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको पहिचान गर्दै त्यहाँको प्रहरीले तस्बिर सार्वजनिक गरेको छ।

अमेरिकाको ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर बुधबार सार्वजनिक गरेको हो। प्रहरीले तस्बिर सार्वजनिक गरे पनि अभियुक्तको पहिचान खुलाएको छैन। अमेरिकाबाट प्रकाशन हुँदै आएको नेपयोर्क अनलाइनमा उल्लेख भए अनुसार तस्बिर सार्वजनिक भए पनि अभियुक्तको अझै पहिचान खुल्न सकेको छैन।

अध्ययनका लागि अमेरिका पुगेकी पाण्डे सोमबार आफ्नै निवासमा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। २१ वर्षीय पाण्डे टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन। उनीमाथि उनकै निवासमा गोली प्रहार भएको हो।

प्रहरीले सार्वजनिक गरेको सिसीटिभी फुटेजमा मुनाको हत्या भएको स्थानबाट अभियुक्त अगस्ट २४ तारिख राति ९ बजेर ४८ मिनेटमा देखिएको बताएको छ। प्रहरी अनुसन्धानबाट मुनासँग प्रेम सम्बन्धमा रहेका व्यक्ति ती नभएको खुलेको छ। अभियुक्तको तस्बिर सार्वजनिक गर्दै प्रहरीले पहिचानका लागि समुदायलाई अनुरोध गरेको छ।

भोजपुर स्थायी घर भएकी मुना शनिबारदेखि सम्पर्कविहीन भएकी थिइन। उनलाई प्रहरीले घरमै सोमबार मृत अवस्थामा भेटेको हो। प्रहरीले उनीमाथि केही राउण्ड गोली प्रहार भएको बताएको छ। अनुसन्धानकाक्रममा प्रहरीले नेपालमा रहेकी मुनाकी आमा अनितासँगसमेत कुरा गरेको खबरमा उल्लेख गरिएको छ।

प्रहरीसँगको कुराकानीमा उनकी आमाले आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्। उक्त सम्बन्ध तनावपूर्ण बनेकै कारण मुनाको हत्या भएको आशंका प्रहरीले गरेको थियो। तर सार्वजनिक तस्बिर भने उनका प्रेमीको नभएको प्रहरीले प्रष्ट पारेको छ। मुना अध्ययनका लागि तीन वर्ष अघि मात्र अमेरिका गएकी थिइन। त्यहाँको प्रहरीले घटनाको गम्भीर रुपमा छानबिन भइरहेको बताएको छ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ९ : ३७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको