आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै « Khabarhub

आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघको ६४औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

विश्वमा पहिलो पटक सन् १९४५ को जुलाई १६ मा आणविक परीक्षण भएको इतिहास छ । त्यसपछि अमेरिकाले जापानको हिरोसिमा ६ अगस्त १९४५ को दिन संसारको पहिलो परमाणु बम प्रहार गरेको थियो। जसका कारण ३ लाख ५० हजार जनसङ्ख्या रहेको हिरोसिमामा एक लाख ४०  हजार मानिसको मृत्यु भएको थियो । त्यसको तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा बम खसालिएको थियो ।

त्यसयता अहिलेसम्म विश्वभर २ हजार भन्दा बढी आणविक परीक्षण भइसकेको राष्ट्रसंघले जनाएको छ । विश्वको कूल आणविक हतियारको ९० प्रतिशत अमेरिका र रुससँग रहेको आँकलन छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ९ : ५७ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार