पर्सामा संयुक्त उद्धार अभ्यास | Khabarhub Khabarhub

पर्सामा संयुक्त उद्धार अभ्यास


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सामा बाढी र मनसुनजन्य वर्षातका कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेटक्वार्टर पर्साको संयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीलगायत निकायको समन्वयमा वीरगञ्ज महानगरपालिका–१० मा रहेको घडीअर्वा पोखरीमा संयुक्त उद्धार अभ्यास गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्सा जिल्ला जलउत्पन्न विपद्को जोखिममा पर्ने भएकाले पनि विपद्को समयमा प्रभावकारी ढङ्गले उद्धारकार्य गर्न पूर्वअभ्यास गरिएको बताए । उनले पर्सा विशेषगरी बाढी, डुबान, नदीकटान र आगलागीको उच्च जोखिममा रहने गरेको उल्लेख गरे । आगामी दिनमा नेपाली सेनाको संयोजनमा आगलागी सम्बन्धित पूर्वअभ्यास गराउने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी भुसालले विपद्जन्य कार्यमा उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी र अभ्यास गर्न जरुरी रहेको बताए ।

सशस्त्र प्रहरी बल नेपालको अगुवाइमा भएको संयुक्त उद्धार अभ्यासमा नदीमा फसिरहेका सर्वसाधारणलाई उद्धार कसरी गर्ने विषयमा अभ्यास गरिएको थियो ।

सो अभ्यासका क्रममा नदीको बीच भागमा रहेका पीडितलाई सुरक्षित स्थानतर्फ लैजान सुरक्षा फौजले ‘अन्डरवाटर रिभर क्रसिङ’ विधिबाट पार गराइएको थियो ।

पानीको बहाव धेरै भएको खण्डमा भने अग्लो स्थानमा वारिपारि डोरी टाँगेर हार्नेस, चेस्ट हार्नेस, क्याराबिनाका सहायतामा पीडितलाई सुरक्षित स्थानतर्फ लैजाने अभ्यास गरिएको थियो ।

यसैगरी, अन्डरवाटर र अप्परवाटर दुवै विधिबाट क्रस गराउन नसकिने बालक तथा वृद्धवृद्धालाई रबर बोटको सहायताले उद्धार गरिएको थियो । सो अभ्यासका क्रममा बोट ड्रिल प्रदर्शनी पनि गरिएको थियो ।

पर्सा समुद्री सतहबाट पाँच सय २३ मिटरको औसत उचाइमा रहेको छ । हरेक वर्ष वर्षाको समयमा जिल्लाको पश्चिम क्षेत्रमा डुबान, बाढी तथा कटानबाट धनजनको क्षति पग्ने गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ११ : ५५ बजे

पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

महोत्तरीको वन क्षेत्रमा ढालिए सयौँ सालका रूख

महोत्तरी – जेनजी प्रदर्शनको मौका छोपेर महोत्तरीको वन क्षेत्रमा सयौँको

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु