पर्सामा संयुक्त उद्धार अभ्यास « Khabarhub

पर्सामा संयुक्त उद्धार अभ्यास


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सामा बाढी र मनसुनजन्य वर्षातका कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेटक्वार्टर पर्साको संयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीलगायत निकायको समन्वयमा वीरगञ्ज महानगरपालिका–१० मा रहेको घडीअर्वा पोखरीमा संयुक्त उद्धार अभ्यास गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पर्सा जिल्ला जलउत्पन्न विपद्को जोखिममा पर्ने भएकाले पनि विपद्को समयमा प्रभावकारी ढङ्गले उद्धारकार्य गर्न पूर्वअभ्यास गरिएको बताए । उनले पर्सा विशेषगरी बाढी, डुबान, नदीकटान र आगलागीको उच्च जोखिममा रहने गरेको उल्लेख गरे । आगामी दिनमा नेपाली सेनाको संयोजनमा आगलागी सम्बन्धित पूर्वअभ्यास गराउने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी भुसालले विपद्जन्य कार्यमा उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी र अभ्यास गर्न जरुरी रहेको बताए ।

सशस्त्र प्रहरी बल नेपालको अगुवाइमा भएको संयुक्त उद्धार अभ्यासमा नदीमा फसिरहेका सर्वसाधारणलाई उद्धार कसरी गर्ने विषयमा अभ्यास गरिएको थियो ।

सो अभ्यासका क्रममा नदीको बीच भागमा रहेका पीडितलाई सुरक्षित स्थानतर्फ लैजान सुरक्षा फौजले ‘अन्डरवाटर रिभर क्रसिङ’ विधिबाट पार गराइएको थियो ।

पानीको बहाव धेरै भएको खण्डमा भने अग्लो स्थानमा वारिपारि डोरी टाँगेर हार्नेस, चेस्ट हार्नेस, क्याराबिनाका सहायतामा पीडितलाई सुरक्षित स्थानतर्फ लैजाने अभ्यास गरिएको थियो ।

यसैगरी, अन्डरवाटर र अप्परवाटर दुवै विधिबाट क्रस गराउन नसकिने बालक तथा वृद्धवृद्धालाई रबर बोटको सहायताले उद्धार गरिएको थियो । सो अभ्यासका क्रममा बोट ड्रिल प्रदर्शनी पनि गरिएको थियो ।

पर्सा समुद्री सतहबाट पाँच सय २३ मिटरको औसत उचाइमा रहेको छ । हरेक वर्ष वर्षाको समयमा जिल्लाको पश्चिम क्षेत्रमा डुबान, बाढी तथा कटानबाट धनजनको क्षति पग्ने गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ११ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको