‘एक्टर’को पोस्टरमा घाइते देखिए प्रदीप « Khabarhub

‘एक्टर’को पोस्टरमा घाइते देखिए प्रदीप


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘एक्टर: टेक वान’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको पोस्टर फिल्मका शीर्ष नायक प्रदीप खड्काले स्थान पाएका छन् ।

पोस्टरमा प्रदीपको कपाल लामो देखाइएको छ । उनको अनुहारमा पनि रगतै रगत छ । उनी सख्त घाइते देखिन्छन् । केही साताअघि सार्वजनिक पोस्टरमा प्रदीप विभिन्न ५ लुक्समा देखिएका थिए ।

कात्तिक १५ गते रिलिज हुने फिल्ममा प्रदीपसहित नायक राजबल्लभ कोइराला नायिकाहरु दिव्या रायमाझी र आना शर्मा शीर्ष भूमिकामा छन् ।

राजबल्लभको यो कमब्याक फिल्म हो । नायक दिलीप रायमाझीकझ छोरी दिव्या यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दै छिन् ।

यस फिल्मको निर्देशक राजन भुसाल हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयमले लेखेका छन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : १२ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने