नर्सिङ शिक्षामा देखिएका अन्यौलता हटाउन कानून आवश्यक : शिक्षामन्त्री « Khabarhub

नर्सिङ शिक्षामा देखिएका अन्यौलता हटाउन कानून आवश्यक : शिक्षामन्त्री


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नर्सिङ क्षेत्रको पढाईका विषयमा देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले प्राविधिक शिक्षासँग नर्सिङ क्षेत्रको पढाईलाई जोड्न अहिले देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको त्यसका लागि मस्यौदा तयार भइरहेको बताएकी हुन्  ।

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्न आग्रह गर्दै मन्त्री भट्टराईले यसले मात्रै यस क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि स्वदेशमा नै चिकित्सा क्षेत्रको अध्ययनका लागि विभिन्न स्थानमा शिक्षालय स्थापनका साथै कोटा वृद्धिको विषयमा पनि गृहकार्य भइरहेको उनले जानकारी दिइन् ।

त्रिभुवन विश्वविद्यालयभित्र हुने बेथिति र समस्या सबैले भोग्नुपरेको भन्दै उनले विश्वविद्यालयलाई स्वायत्त नबनाएसम्म बलियो बनाउन नसकिने धारणा राखिन् ।

मन्त्री भट्टराईले एसईईको पूरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूलाई सीपमूलक बनाउनका लागि सिटिईभिटीमार्फत आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताइन् ।

 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : २१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका