एक अर्बको अपार्टमेन्टमा सर्दै दीपिका-रणवीर « Khabarhub

एक अर्बको अपार्टमेन्टमा सर्दै दीपिका-रणवीर


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड कलाकार दम्पती दीपिका पादुकोण र रणवीर सिंह पहिलो सन्तानलाई जन्म दिँदै छन् । सप्टेम्बरमा उनीहरु पहिलो सन्तानको अभिभावक बन्दै छन् ।

जीवनको नयाँ अध्यायका लागि नयाँ स्थानमा बस्न यो दम्पतीले मुम्बईस्थित बान्द्रामा नयाँ अपार्टमेन्ट किनेको छ । उनीहरू सन्तानको जन्म भएपछि वा त्यसभन्दा पहिला नै नयाँ अपार्टमेन्टमा सर्छन्, खुलेको छैन ।

यद्यपि अहिले अपार्टमेन्टको आन्तरिक निर्माण चलिरहेको छ ।

भारतीय अनलाइन अमरउजालाका अनुसार उनीहरूले बलिउड नायक शाहरुख खानको ‘मन्नत’नजिकै अपार्टमेन्ट किनेका हुन् । उनीहरूको अपार्टमेन्ट र मन्नतको दूरी केही मिटरमात्रै छ ।

उनीहरूले स्रोहौँदेखि उन्नाइसौँ तल्लाको स्थान किनेका हुन् । अर्थात् उनीहरूले तीन तले अपार्टमेन्ट किनेका हुन् । नयाँ अपार्टमेन्टको मूल्य एक सय करोड भारु रहेको छ ।

समुद्रको रोचक दृश्य देखिने र लक्जरी अपार्टमेन्ट भएकाले उनीहरूले बढी मूल्य तिरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : ५१ बजे

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ

‘साधनमाला’ लोकार्पण

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को

किसानको पिडा- भेडा मरेर के भो मन मरेको छैन

चेहेरे चौर-  चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुर– मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्