एक अर्बको अपार्टमेन्टमा सर्दै दीपिका-रणवीर « Khabarhub

एक अर्बको अपार्टमेन्टमा सर्दै दीपिका-रणवीर


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड कलाकार दम्पती दीपिका पादुकोण र रणवीर सिंह पहिलो सन्तानलाई जन्म दिँदै छन् । सप्टेम्बरमा उनीहरु पहिलो सन्तानको अभिभावक बन्दै छन् ।

जीवनको नयाँ अध्यायका लागि नयाँ स्थानमा बस्न यो दम्पतीले मुम्बईस्थित बान्द्रामा नयाँ अपार्टमेन्ट किनेको छ । उनीहरू सन्तानको जन्म भएपछि वा त्यसभन्दा पहिला नै नयाँ अपार्टमेन्टमा सर्छन्, खुलेको छैन ।

यद्यपि अहिले अपार्टमेन्टको आन्तरिक निर्माण चलिरहेको छ ।

भारतीय अनलाइन अमरउजालाका अनुसार उनीहरूले बलिउड नायक शाहरुख खानको ‘मन्नत’नजिकै अपार्टमेन्ट किनेका हुन् । उनीहरूको अपार्टमेन्ट र मन्नतको दूरी केही मिटरमात्रै छ ।

उनीहरूले स्रोहौँदेखि उन्नाइसौँ तल्लाको स्थान किनेका हुन् । अर्थात् उनीहरूले तीन तले अपार्टमेन्ट किनेका हुन् । नयाँ अपार्टमेन्टको मूल्य एक सय करोड भारु रहेको छ ।

समुद्रको रोचक दृश्य देखिने र लक्जरी अपार्टमेन्ट भएकाले उनीहरूले बढी मूल्य तिरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : ५१ बजे

स्वास्थ्य नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता : स्वास्थ्यमन्त्री मेहता 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदमा कार्यकारी

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा भट्ट नियुक्त

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

जेनेभा– आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम