देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन नयाँ सरकार गठन भयो : परराष्ट्रमन्त्री राणा « Khabarhub

देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन नयाँ सरकार गठन भयो : परराष्ट्रमन्त्री राणा


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको बताएकी छन् ।

धनगढीस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले बेथिति एवं सङ्कटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गरेको स्पष्ट पारिन् । स्थायी सरकारमार्फत विकासको लक्ष्यमा पुग्ने सङ्कल्प लिएर वर्तमान सरकार गठन भएको उनले स्पष्ट पारिन्  ।

मन्त्री राणाले भनिन्, ‘दुई ठूला पार्टी मिलेर सरकार गठन गरेको भनेर कतिपयले अनौठो मानेका छन्, जब देशमा सङ्कट र बेथिति आउँछ, त्यति बेला कांग्रेस र एमाले मिलेर सरकार गठन गरेर समस्या समाधान गरेको इतिहास छ ।’ राज्य सञ्चालनका क्रममा देखिएको बेथितिको अन्त्य गरेर विकासका लागि गर्नुपर्ने काम अहिलेको सरकारले गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

अस्थिरताकै कारण मुलुकमा सरकारले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै मन्त्री राणाले सबै देशले नेपाललाई पर्याप्त सहयोग गर्न चाहेको बताइन् । कांग्रेस र एमालेको सरकार २०८४ सालसम्म नै टिक्ने उनको भनाइ थियो । मन्त्री राणाले भनिन्, ‘नेपालको संविधानको मूल मर्म र भावनालाई परिवर्तन नगरेर सरकारले संविधानको ‘रिभ्यू’ गर्नेछ ।’

संविधान शान्तिको दस्ताबेजका रूपमा लिइएकाले संविधानमा विविधता, समावेशिताजस्ता कुरामा परिवर्तन नहुने उनले बताइन् । आफ्नो हालैको भारत भ्रमणका क्रममा भारतसँग महाकाली नदीमाथि बैतडीको झुलाघाट नाकामा र डडेल्धुराको परशुराममा पक्की पुल निर्माण गर्नेबारे कुरा भएको जानकारी दिइन् ।

उनले भनिन्, ‘धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला बनाउन भारतीय पक्ष सकारात्मक छ ।’

गौरीफन्टा नाकाको स्तरोन्नति तथा टनकपुर बाँधबाट सिँचाइका लागि पानी छाड्ने विषयमा समेत भारतीय पक्षसँग छलफल भएको मन्त्री राणाले बताइन् । इजरायलमा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि सरकारले गम्भीर रूपमा पहल गरिरहेको उनले बताइन् । गौरा पर्वका अवसरमा गौरा महेश्वरको पूजा अर्चनाका लागि परराष्ट्रमन्त्री राणा धनगढी गएकी हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : ४२ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको