राष्ट्रियसभा बैठक : रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग « Khabarhub

राष्ट्रियसभा बैठक : रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

शून्य समयमा बोल्दै सांसद इन्दिरादेवी गौतमले वर्षायाममा महामारीजन्य रोगहरू जस्तै डेंगी, झाडापखाला, सर्पदंश न्यूनीकरण गर्नुपर्ने, शुद्ध खानेपानी, औषधी उपचारको अभाव हुन नदिन सरकारले व्यवस्था मिलाएर सहज वातावरण बनाउन आग्रह गरिन् ।

सांसद गंगाकुमारी बेलवासेले पछिल्लो समय तीजका गीत र नाचमा विकृति विसङ्गति बढेको भन्दै त्यसको नियन्त्रणका लागि सबैले पहल गर्नुपर्ने बताइन् । सांसद गोपीबहादुर सार्की अछामीले उदयपुरको कटारी नगरपालिका कोशी, मधेश र बागमती प्रदेशको केन्द्र पर्ने भएकाले प्रस्तावित मेडिकल कलेज स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरू गोपाल भट्टराई, जगप्रसाद शर्मा र तुलसाकुमारी दाहालले स्थानीय तथा राष्ट्रिय एवम् समसामयिक समस्या समाधानका लागि सरकारसँग माग गरे  ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : ५० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु