प्रतिनिधिसभा : महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव « Khabarhub

प्रतिनिधिसभा : महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा सांसदहरूले चाडपर्वको मुखमा महँगी बढ्ने भन्दै समयमा महँगी नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् । आजको बैठकमा सांसदहरूले चाडपर्व नजिकिएसँगै महँगी बढ्ने भन्दै बजार अनुगमन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले दलित भूमिहीन सुकुम्वासीको मुहारमा खुसी आउन नसकेको बताए । ‘मुलुकमा एक लाख ६० हजार भूमिहीन नागरिक छन्, भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा उपलब्ध गराउने कानुन बने पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन’, उनले भने ।

सांसद अञ्जली श्रेष्ठले महिला हिंसाको घटना दिनप्रतिदिन बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिइन् । सांसद अनिसा नेपालीले बजेट ढिला निकासा हुँदा तोकिएका कार्यक्रम समयमा सम्पन्न गर्न नसकिने बताइन् । सांसद अनितादेवीले किसानले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेको भन्दै कृषिजन्य वस्तुको बजार सुनिश्चित र बीमाको व्यवस्था हुनुपर्नेमा जोड दिइन् ।

सांसद अर्जुननरसिंह केसीले हवाई दुर्घटना रोक्नका लागि आवश्यक पहल थाल्नुपर्ने सुझाव दिए । सांसद अस्माकुमारी चौधरीले गुठी ऐन समयमा ल्याउनुपर्नेमा जोड दिइन् । सांसद ईश्वरबहादुर रिजालले नेपाली भूमिको संरक्षण हुनुपर्ने बताइन् ।

सांसद उदयशमशेर जबराले कान्ति लोकपथको चापागाउँ–सुनाकोठीको केही स्थानमा बाटो साँघुरो भएकाले गाडी आवतजावत गर्दा जाम हुने समस्या रहेको भन्दै उक्त क्षेत्रका बासिन्दा क्षतिपूर्ति लिएर घर भत्काउन सहमत भएकाले मुआब्जा व्यवस्थापन गर्न सरकारलाई सुझाव दिए ।

सांसद उर्मिला माझीले सत्ता पक्षले परिस्थितिलाई विद्यमान समस्या दीर्घकालीन रूपमा समाधान गर्दै लैजानुपर्नेमा जोड दिइन् । सांसद ईश्वरी घर्तीले देशमा हैजा फैलिरहेको भन्दै जनचेतनामार्फत हैजा व्यवस्थापन गर्नुपर्ने सुझाव दिइन्  । सांसद एकनाथ ढकालले सार्क शिखर सम्मेलन गरी सार्कलाई सक्रिय बनाउन नेपालमा सम्मेलन आयोजना गर्न सरकारले पहल थाल्नुपर्ने बताए ।

सांसद कान्तिका सेजुवालले लैङ्गिक समानताका लागि समसामयिक बहस गर्न जरुरी रहेको बताइन् । सांसद कालुराम राईले सडकका खाल्टा पुर्न र सडक सुधार गर्न सरकारलाई सुझाव दिए । सांसद किरणकुमार साहले संविधान संशोधन गरी समयसापेक्ष बनाउँदै जानुपर्ने बताए ।

शून्य समयमा सांसद गणेश पराजुलीले महँगी व्यवस्थापन गरेर आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । सांसद गोमालाल सापकोटाले वायु प्रदूषण नियन्त्रण गरी नागरिकको स्वस्थ रहने हक सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

सांसद गङ्गा कार्कीले नजिकिँदै गरेको चाडपर्वमा बढ्दो बजार भाउ नियन्त्रण गर्नुपर्ने सुझाव दिए । सांसद गङ्गाप्रसाद यादवले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

आजको बैठकमा सांसद गङ्गाराम चौधरी, अम्मरबहादुर रायमाझी, डा चन्दा कार्की भण्डारी, डा चन्द्रकान्त भण्डारीले, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ डम्डुल लामा (भोटे), छिरिङल्हामु लामा, जावेदा खातुन जागा र जुली कुमारी महतो (महासेठ) ले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ४ : २१ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त