विश्वका घटनाक्रम जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण « Khabarhub

विश्वका घटनाक्रम जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले विश्वका घटनाक्रमलाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन विभिन्न राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसद्का कतिपय दलहरू खासगरि सत्ताबाट बाहिरिएसँगै विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आएका आवेगपूर्ण टिप्पणीहरू र प्रतिक्रियाहरूप्रति आपत्ति जनाउँदै मुलुकको संवेदनशील अवस्थाप्रति गैर जिम्मेवार अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति देखापर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले-कांग्रेस सरकारको संक्षिप्त समीक्षा गर्दे सरकारको प्रारम्भिक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए ।

त्यस्तै बैठकले पार्टीको नयाँ बार्षिक कार्य योजनाको मस्यौदा तयारमा सामान्य छलफल गर्दै आगामी पोलिटब्युरो बैठकबाट अन्तिम रूप दिने निर्णय भएको उनले जानकारी दिए । नयाँ वार्षिक कार्य योजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउने लगायतका विषयमा समेटिएको ज्ञवालीले बताए ।

बैठकले भाद्र २६ गते स्वर्गीय सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णय गरेको छ भने प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए  ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ६ : १४ बजे

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं