अर्थसंक्षेप : शेयर बजार ओरालो यात्रामा, मध्यभोटेकोशी आयोजनाको प्रसारण लाइन निर्माणमा सहमति | Khabarhub Khabarhub

अर्थसंक्षेप : शेयर बजार ओरालो यात्रामा, मध्यभोटेकोशी आयोजनाको प्रसारण लाइन निर्माणमा सहमति


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८३ अंकले घटेको छ । धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा ‘बेलिब्रिज’ जडान भएको छ । यस्तै, घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्‍याउँदा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका किसान चिन्तित भएका छन् भने लगातारको वर्षाका कारण अछामको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ ।

आजका प्रमुख आर्थिक समाचारहरू : 

३६ अंकले घट्यो नेप्से, कारोबार १२ अर्ब माथि 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८३ अंकले घटेको छ । साताको अन्तिम बिहीबार बजार १.३२ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेको छ । बिहीबार कारोबार १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता शेयर किनबेच भएको छ ।

बजार घट्दा १३ वटा समूहमध्ये म्यूचअल फण्ड बाहेक सबै समूह राताम्य भएको छ । आज म्यूचअल फण्ड ०.१० प्रतिशतले बढेर २१.९७ विन्दुमा पुगेको छ ।

आज वाणिज्य बैंक १.८१ प्रतिशतले, विकास बैंक १.१२ प्रतिशतले र फाइनान्स ०.९४ प्रतिशतले घट्यो । त्यस्तै होटल एण्ड टुरिजम १.८१ प्रतिशतले हाइड्रो ०.१३ प्रतिशतले, लगानी समूह ०.९९ प्रतिशतले र जीवन बीमा समूह २.०९ प्रतिशतले घटेको छ ।

साथै उत्पादन ०.९६ प्रतिशतले, लघुवित्त २.०१ प्रतिशतले, निर्जीवन बीमा १.८८ प्रतिशतले र अन्य समूह ०.५२ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी जीवन बीमा २८८.८१ अङ्कले घटेर १३ हजार ४८६.०३ विन्दुमा आएको छ ।

आज प्रि ओपन सेसनमा ४ अंकले बढेर सूरु भएको बजार निरन्तर केही माथि जान खोजेको भए पनि १२ः४८ सम्म निरन्तर ओरालो लागेको थियो । त्यसपछि भने बजार केही माथि गयो तर बजार बन्द हुँदासम्म भने बजार ३६ अंकले घट्यो ।

आज ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

म्याग्दी नदीमा ‘बेलिब्रिज’ जडान

धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा ‘बेलिब्रिज’ जडान भएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ ।

हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत आयोजनाले नाउरास्थित म्याग्दी नदीमा ४७ मिटर लामो बेलिब्रिज जडान गरेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

नाउराको बेलिब्रिजले जलविद्युत आयोजना निर्माणस्थलमा यातायात पहुँच स्थापित हुनुका साथै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा रहेका नाउरा, बगर, सिम्कोस, खिवाङ, खाम्लाका बासिन्दालाई सहज भएको पुनको भनाइ छ ।

म्याग्दी नदीमा निर्माणाधीन म्याग्दीखोला, अपर म्याग्दी र अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रिखोलाबाट कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगरगाउँ नजिकैसम्म करिब १६ किलोमिटर पहुँचमार्ग निर्माण गरेका छन् ।

बर्खालगत्तै बगरगाउँमा सडक पु¥याउने लक्ष्य राखेको म्याग्दीखोला जलविद्युत् आयोजनाले जनाएको छ । म्याग्दीखोला, अपर म्याग्दीखोला र अपर म्याग्दीखोला–१ जलविद्युत् आयोजनाको साझेदारीमा धवलागिरि गाउँपालिका–४ केङ्कीबाट ८० घरपरिवारको बसोबास रहेको खिवाङ जोड्ने तीन किलोमिटर सडक निर्माण भएको थियो ।

साँफे–मार्तडी सडक अवरुद्ध
लगातारको वर्षाका कारण अछामको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो । पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताए । सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ ।

इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरोस्थलमा खटिएको जनाइएको छ ।

हावाहुरीले मकैबालीमा क्षति, किसानलाई भोकमरीको चिन्ता

घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्याउँदा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका किसान चिन्तित भएका छन् । घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

मुख्यबालीका रुपमा रहेको मकैबालीमा हावाहुरीले बोट भाँचिदिएपछि समस्या उत्पन्न भएको किसान हरिबहादुर खत्रीले बताए । यहाँका चार सय भन्दाबढी परिवारले लगाएका सयौँ रोपनी मकैबालीमा क्षति भएपछि खाद्यान्न संकट पर्ने भोकमारी हुन सक्ने उनले उल्लेख गरे ।

बुधबार आएको हावाहुरीले भएको क्षतिबारे प्रहरीले विवरण सङ्कलन गरिरहेको किसान विष्णु खत्रीले जानकारी दिए । भूकम्पबाट प्रभावित भएको ठाउँमा फेरि हावाहुरीले अन्नबाली नष्ट गरेपछि समस्या भएको उनको भनाइ छ ।

नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले ठूलो मात्रामा किसानका मकैबाली नष्ट भएको बताए । वडामा सहयोग गर्न रकम नभएकाले सरोकार भएका अन्य निकायसँग क्षतिपूर्तिका लागि पहल गर्ने उनले उल्लेख गरे ।

अटो शोमा एक लाख ७५ हजारदेखि २५ लाखसम्मका स्कुटर र मोटरसाइकल

मंगलबारदेखि चलिरहेको नाडा अटो शोमा दुईपाङ्ग्रे सवारी साधनले अवलोकनकर्ताको ध्यान तानिरहेका छन् ।

विभिन्न भेरियन्टमा इलेक्ट्रिकदेखि पेट्रोलका नयाँ नयाँ दुई पाङ्ग्रे साधन अटो शोमा लञ्च गरिएको छ । आवश्यकता र इच्छा अनुसार मानिसहरूले विभिन्न मोडेल तथा डिजाइनका सवारी किन्न पाउने विकल्प यहाँ दिइएको छ ।

नाडा अटो शोमा अघिल्ला वर्षझैँ यस पटक पनि विक्रेताहरूले विशेष अफरहरू ल्याएका छन् । यस वर्षको अटो शोमा एक लाख ७५ हजारेखि २५ लाख १५ हजारसम्मका दुईपाङ्ग्रे सवारी राखिएको छ ।

यस शोमा सबैभन्दा सस्तो दुईपाङ्ग्रे सवारीमा यादियाको इलेक्ट्रिक स्कुटर छ । यादियाको एम सिक्स स्कुटर अटो शोकै सस्तो इलेक्ट्रिक स्कुटर हो ।

हेर्दा सानो र चिटिक्क यो स्कुटरको मोडेल भने अन्य महंगाा स्कुटरको जस्तै छ । यसको ब्याट्री ७२ भोल्टको छ । यो स्कुटर एकपटक पूरा चार्ज हुन ५ देखि ६ घण्टा लाग्छ । एक पटक चार्ज भएपछि यसलाई ९० किलोमिटरसम्म चलाउन सकिन्छ । यसमा १० इन्चको ट्युबलेस टायर छन् ।

यसले सबैभन्दा धेरै ४५ किलोमिटर प्रतिघण्टा गति दिन्छ । यो ५ देखि ५ वटा कलरमा उपलब्ध छ । यसको मूल्य एक लाख ७५ हजार राखिएको छ । यसको ब्याट्रीमा २ वर्षे वारेन्टी छ ।

अटो शोको सबैभन्दा मंहगो मोटरसाइकलमा बेनेलीको सुपर बाइक हो । यो शोमा राखिएको बेनेलीको ७५२ एस मोटरसाइकल ७५० सीसीको इन्जिनको हो ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

बिहीबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो आज सम्मकै उच्च मूल्य हो ।
यस अघि बुधबार सुनको मूल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मध्यभोटेकोशी आयोजनाको प्रसारण लाइन निर्माणमा सहमति

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।

बाह्रबिसे नगरपालिका–५ स्थित आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारणलाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।

सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधि, जनप्रतिनिधि र आयोजनाबीच हिजो (बुधबार) प्रसारणलाइन निर्माण निम्ति सहमति जुटेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष र आयोजनाबीच बुधबार छलफल भएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ७ : ०४ बजे

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुनुहोस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी

पहिरोले बाटो भत्किँदा विद्यालय बन्द, पठनपाठन प्रभावित

सिमकोट–  हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक

दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता 

बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका

चारबुँदे सहमतिपछि अध्यक्ष यादवले अनशन तोडे

नवलपरासी – प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन्

अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन

काठमाडौं– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र