माओवादीले संविधानबाटै अस्वीकृत ‘जनयुद्ध’ भनिरहन मिल्दैन : शंकर पोखरेल « Khabarhub

माओवादीले संविधानबाटै अस्वीकृत ‘जनयुद्ध’ भनिरहन मिल्दैन : शंकर पोखरेल


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘हिंसा’ शब्दलाई लिएर दुई दिनदेखि संसद्‍मा दोहोरी चलिरहेका बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानले नस्वीकारेको कुरा संसद्‍मा प्रयोग गर्न नपाइने बताएका छन्।

माओवादीले प्रयोग गर्दै आएको ‘जनयुद्ध’ शब्दलाई नेपालको संविधानले नै अस्वीकार गरेकाले त्यसलाई लिएर संसद्‍मा विवाद गर्नुको अर्थ नरहेको उनले बताएका छन् ।

‘संविधानले ‘जनयुद्ध’ चिन्दैन तर माओवादी सांसदहरूले ‘जनयुद्ध’ भनिरहेकै सुनिन्छ । एमाले र कांग्रेसलाई संविधानको भाषा बोलेनन् भनेर विरोध गर्ने माओवादीले चाहिँ संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ र ?’, पोखरेलले प्रश्न गरेका छन् ।

उनले अहिले अहिले संसद्मा‍ चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै भएको जिकिर गरेका छन् ।

‘विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलनविपरीत नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समीकरणविरुद्ध उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो’, पोखरेलले भनेका छन् ।

पोखरेलले प्रचण्डको गलत र कुन्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षबाट हुनुलाई स्वभाविक भनेका छन् । ‘त्यसबाट माओवादीका मित्रहरू धेरै उद्वेलित हुनु पर्दैन’, उनले अगाडि भनेका छन्, ‘अहिले माओवादीका मित्रहरू उनीहरूको आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ।’

उनले संविधानले नचिनेको शब्द प्रयोग गर्न माओवादीले छाड्नुपर्ने बताए । ‘जुन दिन माओवादी पक्षले जनयुद्ध शब्द प्रयोग गर्न छोड्छ, त्यो दिनदेखि उनीहरूलाई कांग्रेस र एमालेलाई हिसात्मक द्वन्द्व भनेकोमा आपत्ति गर्ने नैतिक अधिकार प्राप्त हुनेछ’, उनले भनेका छन् ।

बुधबारको संसद् ‍बैठकमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई हिंसाको संज्ञा दिएपछि तनाव सुरु भएको हो । माओवादी नेता कार्यकर्ताले योगेशलाई निशाना बनाइरहेका बेला एमाले महासचिव पोखरेलले उनको बचाउ गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : २१ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई