माओवादीले संविधानबाटै अस्वीकृत ‘जनयुद्ध’ भनिरहन मिल्दैन : शंकर पोखरेल « Khabarhub

माओवादीले संविधानबाटै अस्वीकृत ‘जनयुद्ध’ भनिरहन मिल्दैन : शंकर पोखरेल


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘हिंसा’ शब्दलाई लिएर दुई दिनदेखि संसद्‍मा दोहोरी चलिरहेका बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानले नस्वीकारेको कुरा संसद्‍मा प्रयोग गर्न नपाइने बताएका छन्।

माओवादीले प्रयोग गर्दै आएको ‘जनयुद्ध’ शब्दलाई नेपालको संविधानले नै अस्वीकार गरेकाले त्यसलाई लिएर संसद्‍मा विवाद गर्नुको अर्थ नरहेको उनले बताएका छन् ।

‘संविधानले ‘जनयुद्ध’ चिन्दैन तर माओवादी सांसदहरूले ‘जनयुद्ध’ भनिरहेकै सुनिन्छ । एमाले र कांग्रेसलाई संविधानको भाषा बोलेनन् भनेर विरोध गर्ने माओवादीले चाहिँ संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ र ?’, पोखरेलले प्रश्न गरेका छन् ।

उनले अहिले अहिले संसद्मा‍ चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै भएको जिकिर गरेका छन् ।

‘विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलनविपरीत नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समीकरणविरुद्ध उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो’, पोखरेलले भनेका छन् ।

पोखरेलले प्रचण्डको गलत र कुन्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षबाट हुनुलाई स्वभाविक भनेका छन् । ‘त्यसबाट माओवादीका मित्रहरू धेरै उद्वेलित हुनु पर्दैन’, उनले अगाडि भनेका छन्, ‘अहिले माओवादीका मित्रहरू उनीहरूको आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ।’

उनले संविधानले नचिनेको शब्द प्रयोग गर्न माओवादीले छाड्नुपर्ने बताए । ‘जुन दिन माओवादी पक्षले जनयुद्ध शब्द प्रयोग गर्न छोड्छ, त्यो दिनदेखि उनीहरूलाई कांग्रेस र एमालेलाई हिसात्मक द्वन्द्व भनेकोमा आपत्ति गर्ने नैतिक अधिकार प्राप्त हुनेछ’, उनले भनेका छन् ।

बुधबारको संसद् ‍बैठकमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई हिंसाको संज्ञा दिएपछि तनाव सुरु भएको हो । माओवादी नेता कार्यकर्ताले योगेशलाई निशाना बनाइरहेका बेला एमाले महासचिव पोखरेलले उनको बचाउ गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : २१ बजे

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ