प्रचण्डले बोलाए सर्वदलीय बैठक | Khabarhub Khabarhub

प्रचण्डले बोलाए सर्वदलीय बैठक


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्प कलम दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठक आइतबार बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आमनागरिकलाई अपिल गरेको थियो ।

त्यस्तै बाढी पहिरो पीडितहरुको उद्धार तथा राहतको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि आइतबार दिउँसो १ बजे बस्ने गरि सर्वदलीय बैठक बोलाएका छन् ।

याे पनि…

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ०२ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले