दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन « Khabarhub

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको जनाएको छ ।

प्रालिले गत शुक्रबार बिहान गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना४ख २२७० नम्बरको बस सम्पर्कविहीन भएकाले खोजीकार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।

प्रालिका अनुसार उक्त बस शुक्रबार राति १० बजेसम्म खानीखोलामा सम्पर्कमा भएको तर त्यसपछि कोही कसैसँग सम्पर्क नभएको जनाएको छ । बसमा कति यात्रु थिए भन्ने बारेमा केही खुलाइएको छैन ।

कम्पनीका तर्फबाट खोजीकार्य भइरहे पनि कुनै पत्ता लाग्न नसकेको भन्दै खोजीमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ७ : ५६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको